• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

भूकम्प प्रभावित विद्यार्थीलाई पाठ्यपुस्तक न भवन


  •    संवाददाता/ बिहिबार, मङि्सर २१, २०८०  

  • काठमाडौँ — भूकम्पले घर भत्किएर शैक्षिक सामग्री पुरिँदा जाजरकोट र रुकुम पश्चिमका १४ हजार बालबालिकाले एक सातादेखि पाठ्यपुस्तकबिनै पढाइ थालेका छन् । गत कात्तिक १७ मा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावित ती जिल्लामा मंसिर पहिलो सातादेखि पठनपाठन थालिएको थियो ।

    भूकम्प प्रभावित विद्यार्थीलाई पाठ्यपुस्तक न भवन शिक्षा मन्त्रालयका अनुसार भूकम्पले पूर्ण क्षति पुर्‍याएका २ सय ८ विद्यालयका विद्यार्थीका लागि अस्थायी टहरामा पठनपाठन सञ्चालन गरिएको छ । ४ सय १८ विद्यालय भवनमा आंशिक क्षति पुगेको छ । त्रिपाललगायत अस्थायी टहरामा पढाइ गर्दै आएका विद्यार्थीसँग पाठ्यपुस्तकसमेत अभाव भएको गुनासो छ ।

    Advertisement

    रुकुम पश्चिमका ४१ हजार विद्यार्थीमध्ये ६ हजार विद्यार्थीको पाठ्यपुस्तक पुरिएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख ताराप्रकाश पुनले बताए । ‘अस्थायी टहरा निर्माण गरेर विद्यालयहरू खुलेका छन्,’ उनले भने, ‘पाठ्यपुस्तक नभएका विद्यालयमा स्थानीय तहले उपलब्ध गराउँछन् ।’ जाजरकोटको नलगाड नगरपालिकाका विद्यालय निरीक्षक बलवीर विकले पाठ्यपुस्तक क्षति भएका विद्यार्थीको संख्या पहिचान गरेर वितरणको प्रक्रियामा रहेको जनाए । प्रदेशको सामाजिक विकास मन्त्रालयसँग समन्वय गरेर सुर्खेतबाट पाठ्यपुस्तक मगाएको उनको भनाइ छ । ‘पाठ्यपुस्तक गुमाएका विद्यार्थीलाई निःशुल्क उपलब्ध गरिन्छ,’ उनले भने, ‘प्रत्येक कक्षाका विद्यार्थीले छिट्टै पाठ्यपुस्तक सेट नै पाउँछन् ।’

    Advertisement

    शिक्षा मन्त्रालयले इकाइमार्फत संकलन गरेको तथ्यांकअनुसार पूर्ण र आंशिक गरी ६ सय २६ विद्यालयमा भूकम्पले क्षति पुर्‍याएको हो । ती विद्यालयका १८ सय १८ वटा कक्षाकोठामा क्षति पुगेको छ । जाजरकोटका १ सय ७३ विद्यालयका ५ सय १६ र रुकुम पश्चिमका ३५ विद्यालयका १ सय १६ कक्षाकोठा पूर्ण रूपमा क्षति भएको विवरण छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले २ कोठे भवन निर्माण गर्न ६ लाख र ४ कोठे भवनका लागि १२ लाख रुपैयाँ अनुदान दिने व्यवस्था छ । क्षति पुगेका भवन निर्माण गर्न ५४ करोड बजेट आवश्यक पर्ने अनुमान मन्त्रालयले गरेको छ । चालु शैक्षिक सत्रमा शिक्षा मन्त्रालयसँग भौतिक पूर्वाधार निर्माणतर्फ ४४ करोड बजेट विनियोजन भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत मात्रै विद्यालय भवन निर्माणका लागि बजेट विनियोजन हुँदै आएको छ ।

    आगामी वर्षको बजेटबाट पाठ्यपुस्तक नभएका विद्यार्थीलाई पुस्तक वितरण गर्ने, विद्यालय भवन निर्माणका लागि आर्थिक स्रोतको जोहो गर्ने र क्षति यकिन विवरण संकलनलगायत पुनर्निर्माणको योजना बनाउन केन्द्रबाट प्रभावित क्षेत्रमा टोली पठाउने निर्णय गरेको शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले बताए । निर्णयअनुसार विद्यार्थीसम्म पाठ्यपुस्तक पुर्‍याउने प्रक्रिया सुरु भइसकेको उनले जनाए । ‘जनक शिक्षाले पाठ्यपुस्तक त्यहाँ पठाउँछ । विद्यालय र स्थानीय तहले खरिद गरेर विद्यार्थीलाई दिन्छन्,’ उनले भने । क्षति पुगेका विद्यालय भवन निर्माण गर्न अर्थ मन्त्रालयसँग स्वीकृति लिएर स्रोतको खोजी गरिने उनले बताए ।

    ‘तत्काल अस्थायी टहरा बनाएर कक्षा सञ्चालन भएको छ, स्थायी भवन बनाउन मन्त्रालयले योजना बनाउँदै छ,’ सापकोटाले भने । त्यसका लागि केन्द्रको टोली जाजरकोट र रुकुमपश्चिम पठाएको उनले बताए । ‘टोली फर्केपछि योजना बनाएर पुनर्निर्माण सुरु हुन्छ,’ उनले भने । भूकम्पले ती जिल्लामा ६७ जना विद्यार्थी र एक शिक्षकको मृत्यु भएको थियो भने ७१ जना विद्यार्थी र दुई शिक्षक घाइते भएका थिए ।

    भूकम्पमा परी ८ जना विद्यार्थीको बाबुआमा दुवै र ३६ जनाको बाबुआमामध्ये एकको मृत्यु भएको थियो । ३ सय ३३ विद्यालयका शौचालयमा समेत क्षति पुगेको तथ्यांक छ । केही विद्यालयका आईसीटी ल्याब, पुस्तकालय, घेराबार र सोलार सिस्टममा समेत क्षति पुगेको छ । रुकुम पश्चिम २ सय ८८ र जाजरकोटमा ४ सय ३१ वटा विद्यालय सञ्चालनमा छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.