झापा । झापाको दमककी कोरोना संक्रमित युवतिले आत्महत्या गरेकि छिन् ।
कोरोना संक्रमण पुष्टि भएको दुई दिनपछि दमक ५ की एक युवती आफै सुत्ने कोठामा सलको पासो लगाएर झुण्डिएको अवस्थामामृत फेला परेकि हुन् ।२२ वर्षिया दीक्षा लिम्बुले गएराति झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ। लिम्बु संक्रमण पुष्टि भएपछि दुई दिनदेखि होम आइसोलेसनमा रहेकी थिईन ।
त्यस्तै दमकमै थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका वडा नं १ का ६५ वर्षिय फौदसिंह राई रहेका छन् । उनको विराटनगरको नोवेल हस्पिटलमा आज विहान ३ बजे मृत्यु भएको हो । उपचारका क्रममा उनलाई कात्तिक १२ गते नोवेलमै संक्रमण पुष्टि भएको जनाइएको छ ।
Advertisement







