• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

लिङ्कनलाई आमाले अङ्गारले पाटीमा पढ्न,लेख्न सिकाउने गर्थिन्


  •    संवाददाता/ बुधबार, मङि्सर २०, २०८०  

  • अब्राहम लिङ्कनको नाम भाइबहिनीहरूले पनि सुनेको हुनुपर्छ । उनी अमेरिकाको निकै चर्चित राष्ट्रपतिमध्येका एक हुन् भन्ने पनि धेरैलाई थाहा हुनुपर्छ तर उनी गरिब परिवारमा जन्मेर पनि कसरी त्यहाँसम्म पुग्न सफल भए भन्ने कुरा भने धेरैलाई थाहा नहुन सक्छ । त्यसैले यहाँ यसै सम्बन्धी जानकारी प्रस्तुत गरिएको छ ।
    लिङ्कन सानामा निकै गरिब थिए । जन्म नै गरिब परिवारमा भएको थियो । घरमा दुई छाक खानसमेत धौधौ पर्ने अवस्था थियो । यस्तो अवस्थामा सहज तरिकाले पढ्ने लेख्ने अवसर प्राप्त हुने कुरै थिएन तर उनकी आमा निकै मिहिनेत थिइन् । कडा श्रम गरी खाने अन्न जुटाउने र लिङ्कनलाई पढ्ने र लेख्ने व्यवस्था मिलाउने गर्थिन् ।

    उनी चाहिन्थिन् आफ्नो जीवन गरिबीमा बिते पनि छोरा ठुलो मानिस बनेर देश र जनताका सेवा गर्न सकोस् । त्यसैले छोरालाई रातको खाना खाइसकेपछि चुलाको आगोबाट निस्केको अङ्गारले पाटीमा पढ्न र लेख्न सिकाउने गर्थिन् ।

    Advertisement

    निकै दिनको मिहिनेतपछि उनको श्रमको नतिजा देखिन थाल्यो । लिङ्कनले लेख्न र पढ्न मात्र थालेनन् यसको राम्रो संस्कारसमेत बस्दै गयो ।

    Advertisement

    जब उनी आफैँले पढ्ने र लेख्नेतर्फ रुचि देखाउन थाले तर भनेजस्तो पुस्तक भने पाउन सकेनन् । उनको नयाँ किताब किनेर ल्याउने हैसियत त यसै पनि थिएन नै । गरिब भनेर हेपिएकाले पुराना किताब दिन पनि हमेसी कोही चाहँदैनथे । तैपनि उनी हिम्मत हार्दैनथे र कुनै तरिकाले पुस्तक कपी जुटाएर पढ्ने गर्थे ।

    यत्तिकैमा एक दिन उनले छिमेकी सेठजीको घरमा अमेरिकाको पहिलो राष्ट्रपति जर्ज वासिङ्टनको जीवनीसम्बन्धी पुस्तक छ भन्ने सुने । उनी जसरी भए पनि उनको जीवनी पढ्न चाहन्थे तर पुस्तक पाउने कसरी । त्यत्तिकै सेठजीले पत्याउने अवस्था थिएन । त्यसैले उनको घरमा गएर काम गर्न थाले । चार दिनसम्म काम गरेपछि जब ज्यालाको कुरा आयो तब सट्टामा सोही पुस्तक मागे ।

    घरमा पुस्तक त्याएपछि उनले त्यसलाई दो-याइ ते-याइ पढे । यसबाट उनमा धैर्य र साहस मात्र बढेन उनीजस्तै बन्ने इच्छासमेत जागेर आयो र एक दिन सो पदमा पुगेरै छाड्छु भन्ने अठोट गरे ।

    नभन्दै मनमा दृढ अठोट भएपछि गर्न नसकिने के रहेछ र । अनेक अप्ठ्यारा र व्यवधान झेलेर वकालत पढे । रातमा टुकीको उज्यालोमा पढ्थे र दिनमा अभ्यास गर्थे । जब उनी पढाइ पूरा गरी वकिल बने त्यसपछि निग्रो जातिको उद्धार कार्यमा जुटे । फलतः उनी एक दिन लामो समयदेखि कायम रहँदै आएको दास प्रथा अन्त्य गर्न सफल भए । यस बाहेक उनले गरेका अर्को महत्त्वपूर्ण कार्य भनेको अमेरिकाको गृहयुद्ध अन्त्य गर्नु पनि हो ।

    त्यतिबेला अमेरिकामा लामो समयदेखि गृह युद्ध चल्दै आएको थियो । यस अघिका शासक कसैले पनि त्यसलाई शान्त पार्न सकेका थिएनन् तर लिङ्कनले आफ्ना धैर्य, साहस र सुझबुझपूर्ण व्यवहारद्वारा त्यसमा समेत सफलता पाएका थिए । त्यस बाहेक पनि उनले अमेरिकामा धेरै सुधारका काम गरेका थिए । यही सुधारवादी व्यक्तित्वका कारण आज पनि उनको चर्चा बरोबर हुने गरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.