• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

प्याब्सन बिर्तामोडको दुई दिने विविध कार्यक्रम सम्पन्न


  •    संवाददाता/ बिहिबार, मङि्सर १४, २०८०  

  • निजी तथा आवशीय बिद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाको बार्षिक कार्यक्रम अन्तरगत प्याब्सन बिर्तामोडको आयोजनामा भएको दुईदिने सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । बिर्तामोडस्थित कोहेड बिद्यालयमा बुधवार र बिहीवार भएको नगर स्तरीय नृत्य तथा गायन प्रतियोगिता २०८० सम्पन्न भएको हो ।
    दोस्रो दिन आज भएको कार्यक्रम अन्तरगत कक्षा ९ देखि १२ सम्ममा सांस्कृतिक नृत्यतर्फ बेल्स मोडल स्कुल र कोहेड स्कुल प्रथम भएका छन् । त्यस्तै कन्चनजंघा माबि दोस्रो र चिल्ड्रेन इन्भाइरोमेन्ट बोडिङ स्कुल तेस्रो भएका छन् । आधुनिक नृत्यतर्फ कक्षा १ देखि ५ सम्म बेल्स मोडल स्कुल प्रथम, चिल्ड्रेन इन्भाइरोमेन्ट बोडिङ स्कुल दोस्रो र कन्चन बोडिङ स्कुल तेस्रो भएका छन् । कक्षा ६ देखि ८ सम्मको राष्ट्रिय नृत्यतर्फ न्यूटन्स एजुकेशन एकाडेमी प्रथम, बुद्धस्मृति स्कुल दोस्रो र चिल्ड्रेन इन्भाइरोमेन्ट बोडिङ स्कुल तेस्रो भएका छन् ।
    त्यसैगरी १२ बर्षमुनिको गायनतर्फ निजि इग्लिस स्कुल प्रथम, तक्षशीला इग्लिस बोडिङ स्कुल दोस्रो र कन्चनजंघा तेस्रो भएका छन् । १२ बर्ष माथिको गायनतर्फ कन्चन स्कुल प्रथम, कन्चनजंघा दोस्रो र तक्षशीला तेस्रो भएका छन् । कक्षा ११ र १२ गायनतर्फ कन्चनजंघा माबि प्रथम, एमीटी माबि दोस्रो र कोहेड स्कुल तेस्रो भएका छन् ।
    प्याब्सन बिर्तामोड नगर अध्यक्ष उत्तम खनालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको प्रमुख अतिथि मेची क्याम्पसका प्राध्यापक केशव प्रसाई रहेका थिए । कार्यक्रममा प्याब्सन बिर्तामोड नगर सह–सचिव तथा न्युटन्स एकाडेमी एजुकेशनका प्रिन्सिपल देबेन्द्र हुुमागाईले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन प्याब्सन नगर सचिब सुरेन्द्र खरेलले गरेका थिए ।
    बुधवार शुरु भएको सांस्कृतिक कार्यक्रम अन्तरगत कक्षा १ देखि ५ सम्मका बिद्यार्थीले सामुहिक नेपाली आधुनिक नृत्य र कक्षा ६ देखि ८ सम्मका बिद्यार्थीले सामुहिक राष्ट्रिय नृत्य प्रस्तुत गरेका छन् ।
    त्यस्तै आज पहिलो चरणमा १२ बर्षमुनिका र १२ बर्ष माथिका बालबालिकाले गायन प्रस्तुती रहेका थियो । त्यसैगरी कक्षा ९ देखि १२ सम्मका बिद्यार्थीको सांस्कृति नृत्य, कक्षा ११ र १२ का बिद्यार्थीको गायन प्रतियोगिता भएको नगर सह–सचिव हुमागाईले जानकारी दिए । नगरमा उत्कृष्ट हुने बिद्यार्थी तथा समुहले जिल्लाको आगमी पुस १ र २ गते दमकको कार्यक्रममा सहभागीता जनाउन पाउने जनाइएको छ । आजको प्रतियोगिताको निर्णायक मण्डलीमा गायततर्फ अनुप दियाली र चण्डी साम्पाङ थिए भने नृत्यतर्फ देबराज खड्का र सुमन योगी रहेका थिए ।
    प्रतियोगितामा बिर्तामोड नगरका प्याब्सनमा आवद्ध निजि बिद्यालयहरुको सहभागीता रहेका थियो । कार्यक्रममा प्याब्सन झापा सचिव हरिकृष्ण पाठक, न्युटन्स एजुकेशन एकाडेमीकी संस्थापक धर्मा पराजुली प्रसाई, कोहेड स्कुलका प्रिन्सिपल कमल तिम्सिना, कोहेडका संयोजक केशव प्रसाई, बालबालिका शिक्षा सञ्चार मञ्चका अध्यक्ष सरोज पौडेललगायतको उपस्थिति रहेको थियो ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.