• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

प्याब्सन बिर्तामोडको उद्घाटन कार्यक्रममा न्यूटन्स् र बेल्स जिल्लामा छानिए


  •    संवाददाता/ बुधबार, मङि्सर १३, २०८०  

  • झापा । निजी तथा आवशीय बिद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाको बार्षिक कार्यक्रम अन्तरगत प्याब्सन बिर्तामोडको आयोजनामा दुईदिने सांस्कृतिक कार्यक्रम शुरु भएको छ ।

    उद्घाटन कार्यक्रममा कक्षा १ देखि ५ सम्मको मोडन नृत्य प्रतियोगितामा बेल्स मोडल स्कूल प्रथम ,चिल्ड्रेन इन्भारमेन्ट द्वितीय र कन्चन बोडिङ स्कूल तृतीय भएका छन् । यस्तै कक्षा ६ देखि ८ सम्मका बिद्यार्थीको सामुहिक राष्ट्रिय नृत्य प्रतियोगितामा न्यूटन्स् एजुकेशन एकाडेमी प्रथम , बुद्ध स्मृति एजुकेशन फाउन्डेसन द्वितीय र चिल्ड्रेन इन्भारमेन्ट तृतीय घोषित भए । बिर्तामोडस्थित कोहेड बिद्यालयमा बुधवार (आज) बाट शुरु भएको नगर स्तरीय नृत्य तथा गायन प्रतियोगिता भोली बिहिबार सम्पन्न गरिने प्याब्सनका नगर अध्यक्ष उत्तम खनालले जानकारी दिए ।
    सांस्कृतिक कार्यक्रमको औपचारिक उद्घाटन बिर्तामोड नगरपालिका नगर प्रमुख पवित्रा महतरा प्रसाईले गरेकी थिइन् भने शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले शुभकामना राखेका थिए । कार्यक्रममा प्याब्सन बिर्तामोड नगर सह–सचिव तथा न्युटन्स एकाडेमी एजुकेशनका प्रिन्सिपल देबेन्द्र हुुमागाईले स्वागत गरेका थिए ।
    कार्यक्रममा प्याब्सन झापा सचिव हरिकृष्ण पाठक, न्युटन्स एजुकेशन एकाडेमीकी संस्थापक धर्मा पराजुली प्रसाई, कोहेड स्कुलका प्रिन्सिपल कमल तिम्सिना , कोहेडका संयोजक केशव प्रसाई, बालबालिका शिक्षा सञ्चार मञ्चका संयोजक सरोज पौडेल, चेम्बर्स अफ कमर्सका झापा अध्यक्ष ओम बिमली, उद्यमशील महिला संघ झापा अध्यक्ष पार्वता विमलीलगायतको उपस्थिति रहेको थियो ।

    त्यस्तै भोली बिहीवार हुने कार्यक्रम अन्तरगत पहिलो चरणमा १२ बर्षमुनिका र १२ बर्ष माथिका बालबालिकाको गायन प्रस्तुती रहनेछ । त्यसैगरी कक्षा ९ देखि १२ सम्मका बिद्यार्थीको सांस्कृति नृत्य, कक्षा ११ र १२ का बिद्यार्थीको गायन प्रतियोगिता हुने नगर सह–सचिव हुमागाईले जानकारी दिए । नगरमा उत्कृष्ट हुने न्यूटन्स् र बेल्सले जिल्लाको कार्यक्रममा सहभागीता जनाउन पाउने भएका छन् ।

    Advertisement

    कार्यक्रममा प्रथम ,द्वितीय र तृतीय हुने विद्यार्थी लाई मेडल र बिद्यालय लाई ट्रफी प्रदान गरिएको थियो । कार्यक्रममा प्याब्सनमा आबद्ध संस्थागत बिद्यालयको सहभागीता रहेको नगर सचिव सुरेन्द्र खरेलले जानकारी दिए ।
    कार्यक्रमको सञ्चालन सचिब खरेलले गरेका थिए ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.