• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
शनिबार, असोज २४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

समृद्धिका लागि संकल्प यात्रा : झापामा तयारी सुरु


  •    / मङ्गलबार, मङि्सर १२, २०८०  

  • झापा । नेकपा एमालेले सञ्चालन गरेको समृद्धिका लागि संकल्प यात्रालाई सफल एवम् प्रभावकारी बनाउन झापामा तयारी थालिएको छ । पार्टीले यही मंसीर १४ गतेदेखि पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान सुरु गर्न लागेको हो ।

    ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ को समुद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंसीर १४ गते बिहान साढे ८ बजे पश्चिम नेपालको झुलाघाटमा राष्ट्रिय झण्डाको झण्डोत्तोलन गरेर गर्ने तय भएको छ ।

    Advertisement

    १९ दिन लामो संकल्प यात्राको तेह्रौं दिन मंसीर २६ गते अभियानको टोली कोशी प्रदेश प्रवेश गर्ने कार्यतालिका छ । अभियानको १७औं दिन मंसीर ३० गते पाँचथरको फिदिममा बृहत जनसभा गरिने तय भएकोले झापाबाट सहभागिता बढाउन योजना थालिएको हो ।

    Advertisement

    नेकपा एमाले झापा क्षेत्र नं. २ (१)को सोमबार आयोजित बैठकमा बोल्दै जिल्ला अध्यक्ष दिपक कार्कीले संकल्प यात्राका सम्बन्धमा भने– ‘पहाडबाट बसाई सरेर तराइ झर्नेको लर्को छ । पहाडको उब्जाउ भूभाग फेरि जंगलमा परिणत हुन थाल्यो । सो को नियन्त्रण गर्न तत्कालीन एमाले सरकारले मध्य पहाडका विभिन्न भूगोलमा १० वटा सहर बसाउने कार्यक्रम बनाएकोमा सरकार ढलेसँगै योजना पनि स्थगित रह्यो । यही सन्देश प्रवाह गर्दै पहाडी जनजीवनलाई चलायमान बनाउन र एमालेको सरकार बनाएमा घोषित कार्यक्रम पूरा गरिनेछ भन्ने सन्देश दिन झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ गर्न लागिएको हो ।’

    सोमबारको बैठकले मंसीर ३० गतेको वृहत जनसहभागिताका लागि आगामी मंसीर १७ गते नगर कमिटीले विस्तारित बैठक बसेर विस्तृत योजना बनाउने निर्णय गरिएको सचिव भोलानाथ धितालले जनाए ।

    सो बैठकमा पार्टीका केन्द्रीय सल्लाहकार सदस्य हरिचरण सिवाकोटीले पार्टी बलियो बनाउन पार्टीका नेताहरुबाट हुँदै आएका गलत क्रियाकलापको भण्डाफोर गर्न पछि हट्न नहुने सुझाव दिए ।

    नेकपा एमाले झापा क्षेत्र नं. २ (१)का संयोजक नगेन्द्रप्रसाद संग्रौलाको अध्यक्षतामा आयोजित बैठकमा कोशी प्रदेश कमिटीका सदस्य तथा नेकपा एमाले झापा क्षेत्र नं. २ (१)का इन्चार्ज गणेश पोखरेल र सहइन्चार्ज बिमला विकले पार्टी कामका विषयमा प्रकाश पारेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    ताजा अपडेट
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.