एकाबिहानै झापाको कमल गाउँपालिकामा धारिलो हतियार प्रहार गरी छोराले बाबुको हत्या गरेका छन् ।
आज बिहान ६ः३० बजेको समयमा कमल ४ बस्ने अन्दाजी ४५–५० वर्षका भोलाकुमार तामाङलाई उनकै छोरा अन्दाजी वर्ष २३ का आशिष तामाङले कराई र दाउले टाउको र दाहिने खुट्टामा प्रहार गरी हत्या गरेका हुन् । हत्या गरी फरार रहेका आशिषलाई प्रहरी चौकी केर्खा र प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरी टोलीले कमल वडा नं ४ दुध डेरी भन्ने स्थानबाट नियन्त्रणमा लिएको छ ।
उनलाई ईलाका प्रहरी कार्यालय दमकतर्फ ल्याउँदै गरेको र उनका बाबुको शव घटनास्थलमा नै रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Advertisement







