भूकम्पबाट १०५ जनाको ज्यान गएपछि जाजरकोट नलगाड नगरपालिका –१ चिउरा गाउँका १३ जनाको सामूहिक दाहसंस्कार गरिएको छ।
नलगाड नदीको किनारमा १३ जनाको एकै ठाउँमा दाहसंस्कार गरिएको हो। एकै गाउँकै यत्ति धेरै भूकम्पबाट मृत्यु भएपछि सामूहिक दाहसंस्कार गरिएको हो। च्युरी गाउँमा एकै परिवारका चारजनासहित एकै वडाका १७ जनाको मृत्यु भएकोमा च्यूरी गाउँका मात्र १३ जनाको मृत्यु भएको थियो। जसमध्ये १० जना बालबालिका रहेका छन् ।
Advertisement







