झापा । झापाको चारआलीस्थित नेपाली सेनाको अरिदमन गणका एकजना सैनिक सिपाहीले झुन्डिएर आत्महत्या गरेका छन् ।
गणका सैनिक सिपाही २१ वर्षीय गौरव रिजाल ब्यारेकको शौचालयमा आज बिहान ७ बजेतिर झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
उनी पाँचथर फाल्गुनन्द गाउँपालिका निवासी हुन् । घटनाका बारेमा अनुसन्धान गर्न प्रहरी टोली खटाइएको प्रहरी स्रोतले जनाएको छ ।
Advertisement







