झापा । चाडपर्वको नाममा मेचिनगरमा ३६ दिन बिद्यालय बन्द गरिएको छ ।
मेची नगर नगरपालिकाका सामुदायिक बिद्यालय कात्तिक २८ गते घटस्थापनाको दिन बाट बन्द भई मंसिर ४ गते देखि पठनपाठन हुने भएको छ ।
संस्थागत बिद्यालयमा धमाधम पठनपाठन चलिरहदा सामुदायिक बिद्यालय भने छुट्टी छ । नगरमा ४६ वटा सामुदायिक र ५८ वटा संस्थागत बिद्यालय संचालन हुँदै आएका छन् ।
नगर भित्र रहेका बिद्यालयका संगठन प्याब्सन ,एन प्याब्सन र स्थानीय सरकारले गत भदैमा निर्णय गरि बिद्यालय बन्द गरिएको भएपनी केही संस्थागत बिद्यालयले निर्णय उल्लंघन गरेको शिक्षा अधिकृत पबित्रा ढकालले बताइन् ।
बर्खे ,जाडो र अन्य बिदा लाई मिलान गरि बिद्यालय बिदा गरिएको उनले जानकारी दिइन् तर लामो समय बिद्यालय बिदा हुँदा विद्यार्थी र अभिभावक मारमा परेको अभिभावकले गुनासो गरेका छन् । एक अभिभावकको गुनासो सामुदायिक बिद्यालय भनेपछि त्यसै हेपिन्छन त्यही माथी सबै भन्दा बढी बिदा पनि यहि हुन्छ ।







