• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पश्चिम नवलपरासीका बालबालिका जोखिमपूर्ण डुङ्गाबाट पार गर्दै आउछन् बिद्यालय


  •    संवाददाता/ मङ्गलबार, कार्तिक १४, २०८०  

  • पश्चिम नवलपरासीको विकट सुस्ता गाउँ भौगोलिक हिसाबले विकट मात्र छैन, शैक्षिक सुविधाको अवसरबाट पनि वञ्चित छ । यहाँका अधिकांश बालबालिकाले माध्यमिक कक्षासम्म पढ्न पाएका छैनन् । तीनतिरबाट नारायणी नदी र एकातर्फ भारतको विहार राज्यबाट घेरिएको छ । सुस्ता गाउँपालिका–५ अन्तर्गत सुस्ता गाउँमा नेपालको बाटो भएर आवतजावत गर्ने एक मात्र माध्यम नारायणी नदीमा जोखिमपूर्ण डुङ्गाबाट पार गर्नुपर्छ । यसबाहेक नारायणी नदीमा भारतले बनाएको बाँध माथिको पुल तरेर भारतीय भूमि हुँदै सुस्ता आवतजावत गर्ने अर्को कठिन विकल्प छ ।

    सुस्ता गाउँका जनतालाई शिक्षा, स्वास्थ्य र सुरक्षित आवासजस्ता आधारभूत सुविधा समेत पर्याप्त छैन । त्यहाँ रहेको एक मात्र जनता दलित आधारभूत विद्यालयमा ४ सय बढी बालबालिका अध्ययन गर्छन् । २०५९ सालमा स्थापना भएको यस विद्यालयमा ८ कक्षासम्म पठनपाठन हुँदै आएको छ । विद्यालयमा सात शिक्षक र दुई कर्मचारी कार्यरत छन् । चार शिक्षक मात्रै दरबन्दीमा रहेकाले अन्य तीन शिक्षकलाई गाउँपालिकाले आफ्नै आन्तरिक स्रोतबाट व्यवस्थापन गर्दै आएको छ ।

    Advertisement

    विद्यालयका प्रधानाध्यापक उदय रुचाल भन्छन्, ‘विद्यालयमा भर्नादर उत्साहजनक भए पनि अन्तिम कक्षा ८ सम्म पुग्दा भने विद्यार्थीको सङ्ख्या न्यून हुने गरेको छ । विद्यालयमा कक्षा १ मा ९३ विद्यार्थी अध्ययनरत रहे पनि ८ कक्षासम्म पुग्दा धेरैले पढाइ छोडिसकेका हुन्छ । गत वर्षका वार्षिक परीक्षामा कक्षा ८ मा जम्मा ११ जना विद्यार्थी सहभागी थिए । कक्षा ८ उत्तीर्ण गरेका विद्यार्थीमध्ये केही नजिकैको भारतीय विद्यालयमा र केही नारायणी नदी पारि कुडियास्थित सामुदायिक विद्यालयमा भर्ना भएका भन्छन् ।

    Advertisement

    एकातर्फ नारायणी नदीमा जोखिमपूर्ण डुङ्गाको यात्रा पार गर्नुपर्ने वा विकल्पको रूपमा भारतीय भूमिहुँदै जानुपर्ने भौगोलिक विकटताका कारण यहाँका बालबालिकालाई आफ्नो पढाइलाई निरन्तरता दिन सजिलो छैन । पूर्वाधार र शिक्षकको अभावका कारण विद्यालयमा माध्यमिक तहसम्म कक्षा सञ्चालन गर्न कठिनाइ भएको प्रधानाध्यापक रुचाल बताउँछन् ।

    आधारभूत तह पार गरेपछि थप अध्ययनका लागि कि त नारायणी नदी पार गरेर अर्को विद्यालयमा जानुपर्‍यो कि त भारतीय विद्यालयमा जानुपर्ने यहाँका बालबालिकाको बाध्यता हो,’ विद्यालयका सहायक प्रधानाध्यापक औरंगजेब खान बताउँछन् । उनले भने, ‘जसको बाहिर व्यवस्था हुन्छ, नातेदार छन्, उनीहरूले मात्रै पढाइलाई निरन्तरता दिन सकेका छन् ।’

    नारायणी नदीमा निर्माणाधीन पुल सञ्चालनमा नआउँदासम्म कक्षा १ देखि माथिल्लो कक्षामा जाँदा नै क्रमशः विद्यालय छाड्ने क्रम बढदै जाने गरेको सहायक प्रधानाध्यापक खान बताउँछन् । उनले भने, ‘सबैभन्दा बढी कक्षा ८ देखि माथि त ५ प्रतिशत विद्यार्थी पनि आफ्नो पढाइलाई निरन्तरता दिन सक्दैनन् ।’

    बालबालिकाले आफ्नो पढाइलाई निरन्तरता दिन सुस्ताको भौगोलिकताका कारण आधारभूत तह उत्तीर्णपछि बाहिर गएर अध्ययन गर्न मुख्य समस्या रहेको स्थानीय सामाजिक कार्यकर्ता मुन्सीकुमार हरिजन बताउँछन् । ‘यहाँका बालबालिकाले आफ्नो पढाइलाई निरन्तरता दिन आर्थिक रूपमा जो सम्पन्न छन्, उनीहरूले मात्रै बाहिर गएर पनि पढाइलाई निरन्तरता दिन सक्छन्, कमजोर आर्थिक अवस्था भएकाले बीचमै पढाइ छाडेर बस्नुपर्ने बाध्यता छ,’ उनले भने । छोराछोरीलाई इच्छा हुँदाहुँदै पनि पढाउन नपाएकोमा गुनासो गर्दै सुस्तामै कम्तीमा कक्षा १२ सम्मको पठनपाठन हुनुपर्ने उनको माग छ ।

    नारायणी नदीमा झोलुङ्गे पुलको निर्माण सुरु गरेको वर्षौं हुँदासमेत निर्माण कम्पनीको ढिलाइका कारण पूरा भएको छैन । नदी वारपार गर्न जोखिमपूर्ण डुङ्गा प्रयोग गर्नुपर्छ । नदीमा पानीको सतह बढ्दा ढुङ्गा सञ्चालन पनि हुँदैन । माध्यमिक तहका लागि धेरै बालबालिका सीमापार विहारको भेडिहारी वा लक्ष्मीपुर पुग्नुपर्ने बाध्यता छ । भारतका विद्यालयमा पढ्न जाँदा जङ्गलको बाटो र सीमामा सुरक्षाकर्मीको कडा जाँचका कारण समस्या भएको अर्का स्थानीयवासी आदम खाँ बताउँछन् । उनका अनुसार धेरै अभिभावक पक्लिहवामा कोठा भाडामा लिएर छोराछोरी पढाउन बाध्य छन् ।

    सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्याय सिङ्गो पालिका नै विकासका भौगोलिक हिसाबले मात्र नभई हरेक क्षेत्रमा पिछडिएको बताउछन् । उनी भन्छन्, ‘अब पालिकाले नै विद्यालयमा थप शिक्षक तथा कर्मचारीको दरबन्दी व्यवस्था गरेर भए पनि स्तरोन्नति गर्ने सोचाइ बनाएका छौँ । गाउँपालिकाको कुल ४१ हजार ३ सय ९६ जनसङ्ख्यामध्ये सुस्ता गाउँमा करिब ३ सय घरधुरीमा ३३ सय मानिस बसोबास गर्छन् । यहाँको साक्षरताको अवस्था ६२.४९ रहेको पालिकाको तथ्याङ्क छ । यस पालिकामा प्राथमिक तहका छ, माध्यमिक तह पाँच, आधारभूत तह पाँच, निजी पाँच र मदरसा गरी पाँच शिक्षण संस्था रहेका छन्

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.