अर्जुनधारा ८ स्थित बिजुली अफिस पुर्वटोल समितिले दुर्गा पुजा सम्पन्न गरेको छ।
घटस्थापनाको दिन देखि शुरु भएर आज नवमीको दिन बिहान पुजा गरि बिधिवत रुपमा स्थानीय नदिमा बिसर्जन गरिएको हो ।
दुर्गापुजा मुल समारोह समिति संयोजक घनश्याम गिरिको अध्यक्षतामा रहेको कार्यक्रमको ओौचित्य माथी बिनोद चौहानले पारेका थिए स्वागत टोलका अध्यक्ष पुनम चौहान र जलेश्वर किर्तन मण्डलिका अध्यक्ष तारा देबि प्याकुरेल ले गरेका थिए ।
कार्यक्रमको सञ्चालन टोलसमितिका सचिब रमेश नेपालले गरेका थिए । नवकन्या लाई भोजन गराईएको थियो भने जलेश्वर किर्तन मण्डलिले दैनिक रुपमा भजन किर्तन गरेकोमा धन्यवाद दिएका थिए ।
Advertisement







