मेचिनगर । मेचिनगर ७ अरनिको माध्यमिक बिद्यालयले क्याप्टेन चयन गरेको छ ।
निर्वाचन प्रक्रियाबाट शुक्रवार विद्यार्थीले आफ्नो मत दिई बिद्यालय तथा सदन क्याप्टेन छनौट गरेका हुन् । 
निर्वाचन मार्फत स्कुल क्याप्टेनमा बिजय तामाङ ,भाईस क्याप्टेन बिश्वास कार्की चयन भएका छन् ।
यस्तै सदन अन्तरगत पहेलोमा चन्द्रकला बस्नेत ,हरियो निर्जला दाहाल ,रातो रिया यादब ,निलो अनुस्का गौतम चयन भएका बिद्यालयका प्रधानाध्यापक बिशाल भट्टराईले जानकारी दिए । निर्वाचन कार्यक्रमबाट बालबालिका लाई नेतृत्व बिकासमा सघाउ पुर्याउने उदेश्यले कार्यक्रम गरिएको निर्वाचन समितिका संयोजक लोकेन्द्र थपलियाले जानकारी दिए । 
कार्यक्रममा बालबालिका तथा शिक्षा संचार मञ्चका संयोजक सरोज पौडेल, मेचिनगर संचार प्रतिष्ठानका सचिब प्रकाश पौडेल, बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष निर्मल खिसिना अधिकारीले बिजयी उम्मेद्बारलाई शुभकामना दिएका थिए ।
२ सय जना मतदाता रहेको बिद्यालयमा १ सय ८० मत खसेकोमा १ मत बदर भएको निर्वाचन संयोजक थपलियाले बताए । 
अरनिको मा.बि मा बिजय निर्वाचित
अरनिको मा.बि मा बिजय निर्वाचित
Advertisement
तपाईको प्रतिक्रिया







