• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

एमाले कोशी प्रदेशको नेतृत्व चयनका लागि आज मतदान हुँदै


  •    संवाददाता/ आइतबार, असोज १४, २०८०  

  • झापा । नेकपा एमाले कोशी प्रदेशको नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ।

    एमाले कोशी प्रदेशको पहिलो अधिवेशनमा अध्यक्षका मुख्य दाबेदार मानिएका घनश्याम खतिवडा र विनोद ढकालले उम्मेदवारी दर्ता गराएका छन्। अधिवेशनमा नेतृत्व चयनका लागि आज बिहान ११ देखि अपराह्न ४ बजेसम्म मतदान हुने एमाले सचिव रघुविर महासेठले जानकारी दिए।

    Advertisement

    प्रदेश कमिटीमा अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव निर्वाचित हुनेछन्। एमाले एमाले अधिवेशनका लागि ९ सय ९७ जना प्रतिनिधि छन्।
    अधिवेशनबाट पाँच पदाधिकारीसहित २१५ सदस्यीय प्रदेश कमिटीका लागि निर्वाचन हुनेछ। प्रदेशको नेतृत्व सहमतिमा टुङ्ग्याउने प्रयास गरेको एमालेले अन्ततः निर्वाचन प्रक्रियाबाटै नेतृत्वको टुङ्गो लगाउने भएको हो।

    Advertisement

    उता कर्णालीमा आज बिहान ८ बजेबाट मतदान सुरु हुने एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए। शनिबार नै मतदान हुने भनिएको भए पनि सहमतिको प्रयास गरिएका कारण आज मात्रै मतदान हुने भएको छ। बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सिटी हलमा मतदान हुने रिजालले बताए। हिजो दिनभरि विद्युत् अवरुद्ध भएको कारण मतपत्र छपाइमा समेत समस्या भएको कारण आज मतदान हुन लागेको हो।

    प्रदेश अध्यक्षको लागि तीन जनाको उम्मेदवारी कायम रहेको छ । मीनबहादुर शाही, गुलाबजंग शाह र प्रकाश रोकायाको अध्यक्षमा उम्मेदवारी परेको हो । अध्यक्षको लागि पाँच जनाले मनोनयन दर्ता गराएको भए पनि दुई जनाले फिर्ता लिएका छन्।

    अधिवेशनमा प्रदेशभरका ६ सय ४ जना प्रतिनिधि रहेका छन्। जसमा १९५ महिला र ४ सय ७ पुरुष छन्। प्रदेश अधिवेशनले पाँच जना पदाधिकारीसहित १ सय ३५ जना सदस्यीय कमिटी निर्वाचित गर्नेछ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.