झापा । झापा बिर्तामोडका ५० शिक्षक काठमाडौ केन्द्रित आन्दोलनमा सहभागी भएका छन् । बिर्तामोड नगरपालिकामा रहेका १८ वटा सामुदायिक बिद्यालयमा ३ सय ५० शिक्षक कार्यरत रहेका छन् । शिक्षकको माग पूरा गराउन शिक्षक महासंघले काठमाडौ आउन र सहभागीता जनाउन आह्वान समेत गरेको छ भने केही पालिकामा शिक्षकहरु स्थानीय तहमै आन्दोलन गर्दै सरकार लाई दबाब दिदै आएका छन् । शिक्षक महासंघ बिर्तामोड नगर कमिटी अध्यक्ष युवराज कट्टेलले जिल्ला भरी बाट झन्डै ८ सय बढी शिक्षक आन्दोलनमा सहभागी भएको बताए । 
विद्यालय शिक्षा विधेयकको विरोधमा शिक्षकहरू बुधवारदेखि काठमाडौं केन्द्रीत आन्दोलनमा छन् । देशका ७७ वटै जिल्लाबाट भेला भएर उनीहरुले आन्दोलन चर्काइरहेका छन् । माग सम्बोधन नभएसम्म उनीहरूले विरोधका कार्यक्रमहरूको निरन्तरता दिने बताइरहेका छन् ।
तथ्याङ् अनुसार हाल देशभर २७ हजार तीन सय ४३ सामुदायिक विद्यालय रहेका छन् । त्यसमा स्थायी, अस्थायी र राहत गरी एक लाख ५७ हजार तीन सय ५४ शिक्षक कार्यरत रहेको शिक्षा मन्त्रालयले जनाएको छ ।







