बिर्तामोड । बिर्तामोड वडा नम्बर ६ मा रहेको अभियान बुट्टाबारी बाल क्लबले सचेततामुलक र्याली तथा कोणसभा सम्पन्न गरेको छ। 
बाल दिवसको अवसरमा आयोजित कार्यक्रममा ५ वटा बिद्यालयमा रहेका बाल क्लबको सहभागीता रहेको एभरेष्ट स्मार्ट बाल क्लब फोकल पर्सन तृष्णा अधिकारीले जानकारी दिईन ।
कार्यक्रममा एभरेस्ट स्मार्ट एजुकेसन एकेडमी , तक्षशिला स्कुल, सरस्वति माद्यामिक बिद्यालय र संस्कृत बिध्यालयको सहभागिता रहेको थियो।

वडा बाल क्लब अध्यक्ष कृषा दुलालको अध्यक्षता रहेको कार्यक्रममा बालबालिका तथा शिक्षा संचार मञ्चका संयोजक सरोज पौडेलको प्रमुख आतिथ्य रहेको थियो । वडा सदस्य जिवन बास्कोटा, वडा सचिब तथा बाल क्लब फोकल पर्सन रुपमान थुलुङले शुभकामना राखेका थिए । बालबालिकाले सरस्वती माध्यमिक बिद्यालय ,वडा कार्यालय हुँदै बुट्टाबारि चौकमा कोणसभामा परिणत भएको थियो ।
अभियान बाल क्लबले गर्यो र्याली तथा कोणसभा
अभियान बाल क्लबले गर्यो र्याली तथा कोणसभा
Advertisement
तपाईको प्रतिक्रिया







