बिर्तामोड । न्यूटन्स् बाल क्लबले अन्तर बिद्यालय वक्तित्व कला कार्यक्रम सम्पन्न गरेको छ ।
बिर्तामोड नगरपालिका वडा नम्बर ५ स्थित न्यूटन्स् एजुकेशन एकाडेमीमा रहेको क्लबले नगर भित्रका सामुदायिक तथा संस्थागत माध्यमिक तहका विद्यार्थी बिच सो प्रतियोगिता आयोजना गरेको थियो । 
बिश्व साक्षरता दिवस तथा बाल दिवसको अवसरमा आयोजित कार्यक्रममा क्लबका उपाध्यक्ष युसन उप्रेतीको अध्यक्षता तथा शिक्षा शाखा अधिकृत दिनेश आचार्यको प्रमुख आतिथ्य रहेको थियो ।

क्लबका कोषाध्यक्ष कृषा न्यौपानेले स्वागत गरेको कार्यक्रममा बालबालिका तथा शिक्षा संचार मञ्च संयोजक सरोज पौडेल ,प्याब्सन नगर अध्यक्ष उत्तम खनाल, शिक्षक महासंघ नगर अध्यक्ष युवराज कट्टेलले शुभकामना राखेका थिए ।
कार्यक्रममाथी प्रकाश पार्दै प्रधानाध्यापक देबेन्द्र हुमागाईले बालबालिकाको क्षमता प्रस्फुटन गर्न र वाक कलाको बिकासमा सहयोग पुग्ने हेतुले कार्यक्रम आयोजना गरिएको बताए । 
प्रतियोगितामा बाल्मीकी एजुकेसनका शीतोष्णा तिम्सिना प्रथम , लिटल फलोवर इंग्लिश स्कूलका अमन पौडेल दितिय,मोहनमाया माध्यमिक बिद्यालयका एलिना तिम्सिना तृतीय र न्यूटन्स् एकाडेमीका रोनिशा दाहाल सान्तवना भएका छन् ।
बिजेताहरुले क्रमश ५ हजार,३ हजार,२ हजार र एक हजार तथा प्रमाणपत्र प्रदान गरिएको फोकल पर्सन मिनु शिवाकोटीले जानकारी दिईन् ।
बिजयीहरु लाई संस्थापक तथा बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष धर्मा पराजुली प्रसाई, डाइरेक्टर आशिष प्रसाईले नगद
तथा प्रमाणपत्र हस्तान्तरण गरेकी थिए ।
१८ वटा बिद्यालयको सहभागीता रहेको कार्यक्रमको संचालन शिक्षक पबित्रा पौडेलले गरेकी थिइन् ।
न्यूटन्स् बाल क्लबले गर्यो अन्तर बिद्यालय वक्तित्व कला प्रतियोगिता
न्यूटन्स् बाल क्लबले गर्यो अन्तर बिद्यालय वक्तित्व कला प्रतियोगिता
Advertisement
तपाईको प्रतिक्रिया







