लहान । सिरहाको नरहा गाउँपालिकाका एकै परिवारका दुई दाजुभाइको पोखरीमा डुबेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा नरहा गाउँपालिका- ३ खोरिया निवासी गुलजार सेखका छोरा १० वर्षीय अनजार र आठ वर्षीय यहसान छन् ।
सोमबार अपराह्न ३ बजेदेखि बेपत्ता दुवैको शव गाउँदेखि करीब ७०० मिटर पश्चिममा रहेको पोखरीमा फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सन्तुलाल जयसवालले जानकारी दिए ।
Advertisement
माछा मार्ने वा नुहाउने क्रममा पोखरीमा पसेको र त्यसैमा डुबेर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पताल पुर्याइएको छ ।







