बिर्तामोड । बिर्तामोडमा रहेको उज्यालो मनकामना बाल क्लबले डेङ्गु रोग सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

बिर्तामोड नगरपालिका वडा नम्बर १ स्थित मनकामना माध्यमिक बिद्यालयमा रहेको उज्यालो मनकामना बाल क्लबले आज बिद्यालयको ५ सय मिटर वरपर रहेका पसल घर तथा छिमेकी बिद्यालयमा सचेतना फैलाएका हुने ।

बालबालिकाको स्वास्थमा यस्ता रोगले असर पार्ने भएकाले चेतनामूलक कार्यक्रम गरिएको क्लबका अध्यक्ष मनिश गणेशले जानकारी दिए ।
झापा सहित देश भर डेङ्गु बाट धेरै मानिस प्रभावित भएका छन् भने बिर्तामोड नगरपालिका भित्र केहिको ज्यान समेत गएको छ।
बालबालिकाले अभिभावक लाई सुझाव दिने कार्यले संक्रमण फैलन बाट पनि केही कमि आउने अपेक्षा गर्दै कार्यक्रम आयोजना गरिएको प्रधानाध्यापक केशब ढुंगानाले बताए । 
क्लबले स्थानीयको घर-घर गएर आग्रह गर्दा अभिभावकले पनि चासो दिएको र कार्यान्वयनमा सहयोग पुग्ने फोकल पर्सन सरिता पौडेलले जानकारी दिइन् ।
मनकामना बाल क्लबले गर्यो डेङ्गु विरुद्धको कार्यक्रम
मनकामना बाल क्लबले गर्यो डेङ्गु विरुद्धको कार्यक्रम
Advertisement
तपाईको प्रतिक्रिया







