झापा । बिर्तामोड नगरपालिका ३ स्थित जुनतारा महिला समूहले आज (शनिबार ) तिज मिलन कार्यक्रम मनाएको छ । आउँदै गरेको हरितालिका तिजको अवसरमा कार्यक्रम गरिएको हो । समूहकि उपाध्यक्ष मेनुका थापाको अध्यक्षता रहेको कार्यक्रममा समाजसेवी देवका बस्नेतको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा प्रमुख अतिथी बस्नेत,बिर्तामोड नगरपालिका कार्यपालिका सदस्य यमुना आचार्य , लिङ्कन मन्टेश्वरीका संचालक सरोज पौडेलले शुभकामना राखेका थिए ।

कार्यक्रममा बक्ताहरुले चाडपर्व संस्कृति मैत्री बनाउन आग्रह गरेका थिए ।
समूहमा ६३ जना महिला सदस्य रहेका छन् । स्थानीय आदर्श कलेजको सभाहलमा आयोजित कार्यक्रममा स्वागत कोषाध्यक्ष अनिता मैनालीले गरेकी थिइन् ।
तिज आउँन अझै केही दिन भएता पनि समय ब्यबस्थापन र कार्य ब्यस्तताले कार्यक्रम केही दिन पहिल्यै आयोजना गरिएको उल्लेख गरेन । कार्यक्रमको संचालन पुजा खरेलले गरेकी थिइन् ।







