नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा बाल मृत्युदर ६ प्रतिशतले घटेको छ । बढ्दो नागरिक चेतना र स्वास्थ्य संस्थाको पहुँच स्थापित हुँदै जाँदा बाल मृत्युदरमा कमी आएको हो ।
आर्थिक सर्वेक्षण २०७९–०८० अनुसार यसअघि पाँच बर्षको मुनिका बालबालिकाको मृत्युदर प्रति हजार ३३ रहेको थियो । जबकी, यसभन्दा अगाडि सन् २०१६ मा बाल मृत्युदर ३९ थियो ।
स्वास्थ्य क्षेत्रमा बढ्दै गएको सार्वजनिक तथा निजी लगानी र स्वास्थ्य सम्बन्धी नागरिक चेतनामा वृद्धि हुँदै गएसँगै स्वास्थ्य सूचकमा सुधार हुँदै गएको सर्वेक्षणले देखाएको हो ।
सरकारले दिगो विकासको लक्ष्य अनुरुप सन् २०३० सम्ममा पाँच वर्षमुनिका बालबालिकाको मृत्यु प्रति एक हजारमा २० मा पुर्याउने लक्ष्य लिएको छ ।
पछिल्लो जनगणना अनुसार प्रतिलाख जीवित जन्ममा मातृ मृत्यु १५१ मा झरेको छ । जबकी २०६८ सालको जनगणना अनुसार नेपालमा प्रतिलाख जीवित जन्ममा मातृ मृत्युदर २८१ जना थियो ।
दिगो विकास लक्ष्यअनुसार नेपालले सन् २०३० सम्ममा मातृ मृत्युदरलाई ७० मा झार्नु पर्नेछ ।







