• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

छोरा बेचेर जयदेवले किने आईफोन


  •    संवाददाता/ शुक्रबार, साउन १२, २०८०  

  • छिमेकी मुलुक भारतमा एक दम्पत्तिले सोसल मिडियाकै नशाका कारण आफ्नै बच्चालाई बेचेका छन् ।

    भारतको पश्चिम बंगालमा भएको उक्त दर्दनाक घटनामा एक दम्पत्तिले आफ्नै ८ महिनाको शिशुलाई बिक्री गरेका हुन् ।

    Advertisement

    ‘फेसबुकको टिकटक’ भनेर चिनिने रील्स प्लाटफर्ममा भिडियो बनाएर हाल्ने नशाका कारण उनीहरुले आफ्नै बच्चालाई बेच्न पुगे । वास्तवमा रील्समा अपलोड गर्ने भिडियो बनाउनका लागि उनीहरुलाई एउटा राम्रो भिडियो खिच्ने आइफोन चाहिएको थियो । त्यही आइफोनका लागि नै उनीहरुले आफ्नो बच्चा बेचिदिएका हुन् ।

    Advertisement

    पश्चिम बंगालको उत्तर चौबिस परगना जिल्लामा सो घटना भएको हो । भारतीय सञ्चार माध्यमहरुका अनुसार आफ्नै शिशुलाई बिक्री गर्ने पिता जयदेव र उनकी पत्नीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

    जयदेव र उनकी पत्नीले बच्चा बिक्री गरेको कुरा लुकाएका थिए तर छिमेकीहरुले लामो समयसम्म बच्चा नदेखेपछि उनीहरुसँग सोधखोज गर्न थाले । तर उनीहरुले प्रष्ट जवाफ नदिने र आनीबानीमा पनि परिवर्तन देखाउन थालेपछि गाउँलेहरुलाई शंका लाग्यो । त्यसपछि केरकार गर्दा उनीहरुले बच्चा बिक्री गरेको खुलासा गरे ।

    यसअघि हातमुख जोर्न पनि संघर्ष गरिरहेका जयदेव र उनकी पत्नीले एकाएक आइफोन किनेर पश्चिम बंगालका विभिन्न ठाउँमा पुगी रील्समा भिडियो अपलोड गरेका थिए । त्यसपछि नै गाउँलेहरुलाई शंका लागेको थियो ।

    प्रहरीले खारदह भन्ने क्षेत्रमा बस्ने एक महिलाको साथबाट बच्चाको उद्धार गर्न सफल भएको छ । आइफोन किन्ने पैसा दिएर दम्पतीबाट बच्चा खरीद गरेकी ती महिलालाई पनि पुलिसले पक्रिएको छ । जयदेव र उनकी पत्नीले नशालु पदार्थ सेवन गर्ने गरेको र घरमा रहेकी ७ वर्षकी अर्की छोरीलाई पनि बिक्री गर्न चाहेको आरोप छिमेकीहरुले लगाएका छन् ।

    –एजेन्सी

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.