बिर्तामोड । झापाको बिर्तामोड–५ स्थित न्यूटन्स एजुकेशन एकेडेमीले एसईई परीक्षामा संस्थागत विद्यालयतर्फ जिल्लाकै उत्कृष्ट नतिजा ल्याएको छ ।
संस्थागत विद्यालयतर्फ ३.६० देखि ४ जीपीएमा सबैभन्दा धेरै न्यूटन्सका १९ जना विद्यार्थीले उत्तीर्ण गरेका हुन् । त्यस्तै ३.२० देखि ३.६० जीपीएमा ४७ जना , २.८० देखि ३.२० जीपीएमा ३७ जना ,२.४० देखि २.८० जीपीएमा २६ जना , २.०० देखि २.४० जीपीएमा ९ जना विद्यार्थीले उत्तीर्ण गरेको विद्यालयका प्रधानाध्यापक देवेन्द्र हुमागाँईले बताए । जम्मा १३८ जना विद्यार्थीले परीक्षा दिएका थिए । ती सबै उत्तीर्ण भएका छन् ।
जिल्लामा बिर्तामोडको न्यूटन्स एजुकेशन एकेडेमी र दमकको सिद्धार्थ बोर्डिङ स्कूलले ३.६० देखि ४ जीपीएमा विद्यार्थी उत्तीर्ण गराएको शिक्षा विकास तथा समनवय इकाई झापाले जनाएको छ । न्यूटन्सले विगत बर्षदेखि नै एसईईमा उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ ।







