बिर्तामोड । बिर्तामोड स्थित वडा नम्बर १ मा बाल क्लब संचालन सम्बन्धि प्रशिक्षण प्रदान गरिएको छ ।
गत असार १४ गते गठन भएको क्लबका पदाधिकारी लाई क्लब संचालनका बिषयमा तालिम दिईएको छ ।

वडा अध्यक्ष अग्नि पाण्डेको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा सदस्य टेकबहादुर अधिकारीले स्वागत गरेका थिए ।
वडा सचिब टीका अधिकारीले संचालन गरेको कार्यक्रममा
वडा सदस्य कमला महरा दर्जी,योगचन्द्र आङ्बोहाङ टोल बिकास समिति अध्यक्ष सुरेन्द्र पौडेलको उपस्थिति रहेको थियो । कार्यक्रम बोल्दै अध्यक्ष पाण्डेले बालबालिकाको बिकासका लागि नगरपालिका संग समन्वय गर्दै वडाले बाल मैत्री वडा निर्माण गर्ने बताए । कार्यक्रमको सहजीकरण बालबालिका तथा शिक्षा संचार मञ्चका संयोजक सरोज पौडेलले गरेका थिए ।
Advertisement







