बिर्तामोड नगरपालिका ५ मा वडा स्तरीय बाल क्लब गठन भएको छ ।
अर्पणा लोहनीको अध्यक्षतामा गठित बाल क्लबको उपाध्यक्षमा अस्मिता लिम्बू,सचिव आदित्य गुप्ता,सहसचिव इमानुएल दर्जी र कोषाध्यक्षमा अनिस पौडेल रहेका छन् ।त्यस्तै सदस्यहरुमा रियान्सी श्रेष्ठ,सेमिहाङ लिम्बू,प्रज्वल लिम्बू,निमिसा नेपाल,स्वेच्छा ढकाल र सेनिस्मा कन्दङ्वा रहेका छन् ।

वडाध्यक्ष रोहित प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य ओम सेढाई,देवी मा.वि.का प्रधानाध्यापक अम्बिका श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन वडा सचिव विमल पोखरेलले गरेका थिए ।
Advertisement







