झापा । झापाको शिवसताक्षी नगरपालिकामा दुई वटा सवारी साधन एक आपसमा ठोक्किएर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्व तर्फ गइरहेको मालबाहक ट्रकले विपरीत दिशाबाट आएको कारलाई ठक्कर दिँदा त्यसमा सवार दुईजनाको मृत्यु भएको हो । मोरङ उर्लाबारी का ४० वर्षिय गुरु चरण चौधरी र १७ वर्षीय कुम कुम चौधरीको मृत्यु भएको बिएण्सी अस्पतालका सूचना अधिकारी प्रमिस गिरीले बताए । मृतक दुईजना बाबु छोरी हुन् ।
Advertisement







