• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापाली कलाकारकाे घर झापा नाटक घरले पुर्णता पाउदै


  •    संवाददाता/ आइतबार, असार १०, २०८०  

  • एउटा ईंटा सहयोग मागेर झापा नाटक घर निर्माणको अभियान शुरु गरेको ५ बर्षपछि थोरै रकम अभावमा काम सम्पन्न हुन बाँकी छ । इच्छाशक्ति र सही सामुहिक नेतृत्व पाउने हो भने जस्तोसुकै काम सम्पन्न गर्न सकिन्छ भन्ने उदाहरण बिर्तामोडमा निर्माणाधिन अबस्थामा रहेको बहुजातीय साँस्कृतिक संग्रहालय सहितको नाटक घर बनेको छ ।

    झापामा प्रत्यक्ष ब्यवसायिक रुपमा नाटक मञ्चन भएको नदेखेका झापालीले केही बर्षअघि नाटक हेरेपछि नाटक घरको आवश्यकताका बारेमा चासो राखेका थिए । बिर्तामोडमा चर्चित नाटक पर्खाल, लाटीको छोरो, बार्बरिक, मालिनी लगायत क्षितिज नाट्य प्रतिष्ठान ले प्रदर्शन गरेपछि नाटक घरको आवश्यकता महसुस गरिएको थियो ।

    Advertisement

    बहुजातीय संग्रहालयसहितको नाटक घर निर्माण गर्ने उद्देश्यले स्वर्गीय ज्ञानुराम प्रसाईँको नेतृत्वमा झापा नाटक घर निर्माण ब्यबस्थापन समिति गठन भएको थियो । २५ अर्बको लगानीमा बहुजातीय साँस्कृतिक संग्रहालय निर्माण गर्ने र २ करोड ५० लाख रुपैंयाँको लगानीमा नाटक घर बनाउने उद्देश्य रहेको भएपनि अहिले नाटक घर भने निर्माणको अन्तिम चरणमा छ ।

    Advertisement

    करीब ३५ लाख रुपैंयाँ हुने हो भने एक महिनाभित्रमा नाटक घर सञ्चालनमा आउँछ । क्षितिज नाट्य प्रतिषणठानका केन्द्रीय अध्यक्ष माधब कल्पितले भने–कुर्सी र लाइट जडान गर्ने बाहेकका काम सकिएका छन् । हालसम्म १ करोड ९० लाख रुपैंयाँ खर्च भइसकेको छ ।

    स्थानिय सरकार ,प्रदेश सरकार र संघिय सांसद विकास कोसर बाट सहयोग त भयो तर सोचेजति सहयोग नपाउदा निर्माणको ५ बर्ष बित्दा पनि नाटक घर संञ्चालनमा आउन सकेको छैन आम नागरिक समाजका भावना रुपि १र१ इट्टा जोडेर यहाँ काम भइ रहेको कल्पित बताउँछन् । ‘एउटा ईटादेखि ५ लाख ५० हजार रुपैंयाँ बराबरको भुमिदान काद दाता हामीले पायौं–कल्पितले भने–‘आजपनि हामी दाताको खोजीमा छौं ।

    कल्पितमा नाटकको हुटहुटी यति छ कि उनी जन्मथलो इलाम छोडेर केही समय पाँचथरमा यही शिलशिलामा बिताए । उनले झापा झरेपछि पनि नाटकलाई निरन्तरता दिए । हाल ५ सयभन्दा बढी सदस्य उनको नाट्य प्रतिष्ठानमा आवद्ध छन् । उनलाई कतिले एउटा ईटा चन्दा मागेर नाटक घर बन्छ रु भनेर पागलसमेत भनेको उनी बताउँछन् ।

    ‘हो म पागल नै भएँ, किनकी मलाई झापामा सुविधासम्पन्न नाटक घर बनाउनु थियो–कल्पित भन्छन् । काठमाण्डौपछि झापा कलाक्षेत्रमा अब्बल रहेको कल्पितको अनुभव छ । यहाँ काम गर्ने मान्छेलाई साथ दिनेपनि प्रशस्त छन् , खुट्टा तान्ने त जहाँ पनि हुन्छन्– उनको अनुभव छ ।

    एउटा ब्यक्तिको उपस्थितीले संस्थामा त्यस्तो ठुलो प्रभाव नपार्न सक्छ । तर झापा नाटक घरलाई भने एउटा ब्यक्तिको निधनले समयको सुई रोक्किएजस्तै भएको छ । संयोजक प्रसाईको २०७८ असार २५ गते सडक दुर्घटनामा निधन भएपछि नाटक घर निर्माणकार्य सुस्तायो । भएपछि नाटक घर निर्माणकार्य सुस्तायो । नाटक घर निर्माण ब्यवस्थापनको जिम्मेवारी लिएका प्रसाईँको निधनले नाटक घर सम्पन्न हुन दुई बर्ष ढिला भएको छ । अहिले पनि स्रोत अभावमा निर्माण पक्षले सञ्चालनको मिति तय गर्न सकेको छैन ।

    प्रसाईको कार्यकालमा ६० प्रतिशत भन्दा बढी भौतिक पुर्वाधार निर्माण भएको ठाउँमा उनको निधन भएको दुई बर्ष बितिसक्दासमेत ४० प्रतिशत पनि प्रगति हुन नसकेको कल्पितले बताए । नाटक घर सञ्चालन गर्न आधुनिक लाइटको आवश्यकता पर्छ । आर्थिक अभावले त्यो जडान गर्न सकिएको छैन । २५० दर्शक क्षमताको नाटक घरमा कुर्सी जडान गर्न बाँकी छ । ति काम सम्पन्न गर्न ३५ लाख रुपैंयाँ खर्च हुने अनुमान गरिएको छ ।

    यो रकम जुट्ने हो भने १५ दिनमा काम सम्पन्न गर्न सकिने प्रतिष्ठानका बरिस्ठ उपाध्यक्ष हरिप्रसाद भण्डारी ले बताए । नाट्य समुहले बिभिन्न ९ वटा उपसमिति गठन गरेर निर्माण शुरु गरेको थियो । आजपनि कल्पितको नेतृत्वमा सहयोग जुटाउने कार्य जारी छ । उनी भन्छन्–झापाबाट जितेर गएका सांसददेखि स्थानीय पालिकाका प्रमुखसम्मलाई सम्पर्क नगरेको दिन छैन । तर, सहयोग भने अझै जुट्ने वाताबरण बनेको छैन ।’

    सरकारले नाटक घरको महत्व नबुझेका कारण अपेक्षित सहयोग नपाएको प्रतिष्ठानका कार्यकारी अधिकृत राजकुमार भट्टराई बताउँछन् । ‘हामीले राष्ट्रपति कार्यालयदेखि प्रधानमन्त्री, सभामुखसम्मलाई सहयोग गरिदिन आग्रह ग¥यौं, तर आशा गरे बमोजिमको सहयोग पाउन सकेनौं–उपाध्यक्ष सुजना खतिवडा को कथन छ ।

    निर्माण शुरु भएदेखि कल्पित र उनको परिवारले चारपानेमा रहेको घर छोडेका छन् । दाताले उपलब्ध गराएको क्षेत्रफलमा निर्माण हुँदै गरेको नाटक घरमा उनीहरुको दिन बित्ने गरेको छ । कल्पित भन्छन्–‘समाजका लागि केही गरेर देखाउँ भन्ने उद्देश्य छ।

    सबै जातका थुङ्गा( थुङ्गालाइ उनेर एउटा सुन्दर माला निर्माण गर्नु नै जीवनको सबै भन्दा ठुलो सपना रहेको उनको भनाइ छ । जुन सपना पूरा गर्न उनी सबैकाम छाडेर यसैमा समर्पित भएको बताउँछन् । नाटक घर त सम्पन्न हुन्छ नै, संग्रहालयको समेत जग बसाउने लक्ष्य हाम्रो छ ।’

    अभिनयमा जिबन्तता महसुस गर्न नाटक आवश्यक पर्छ । चलचित्रभन्दा फरक हुने भएकाले नाटकका आफ्नै मूल्य र महत्त्व रहेको हुन्छन् । झापामा निरन्तर नाटक प्रदर्शन गर्ने लक्ष्य यो नाटक घर सञ्चालनमा आएपछि पुरा हुने छ । कलाकार राख्नका लागि नाटक घरले नै सुविधासम्पन्न गेष्ट हाउस निर्माण गरेको छ । प्रदेश न .१ कै एतिहासिक धरोहरको रुपमा निर्माण भइ रहेको संग्रहालय र कला मन्दिर पुग्न अब्यवस्थित सडक का कारण बर्खाको समयका यातायात पुग्न मुश्किल पर्छ । बिर्तामोड को मुुटुका रहेको मुख्य सडक बाट करिव ७ सय मिटर उत्तरमा निर्माणाधीन अबस्थामा रहेको नाटक घर पुग्न पैदल यात्रा गर्नु पर्ने विडम्बना लाई चिर्दै राज्यको ध्यानाकर्षण होस र सडक को स्तर उन्नति हुन सकोस भन्ने पनि प्रतिष्ठानको चाहना रहेको कल्पित वताउन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.