बिर्तामोड । रोनिसा दाहालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै न्यूटन्स् बाल क्लबको अधिबेशन सम्पन्न गरिएको छ ।
बिर्तामोड ५ मा रहेको न्यूटन्स् एजुकेशन एकाडेमीमा रहेको बाल क्लबको छैटौं अधिबेशन बाट १५ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो।
पुर्न-गठित क्लबको उपाध्यक्षमा युसन उप्रेती,सचिब सङ्कल्प उप्रेती,सह-सचिब मौसम उप्रेती र कोषाध्यक्षमा कृसा न्यौपाने चयन भएका हुन् । 
यस्तै सदस्यहरुमा निसा भट्टराई,बिराज ओली,अन्वेस अधिकारी ,खुशी सुवेदी,प्रज्वल गर्ग,श्रेजिना खरेल,आयुष सिटौला,स्तुति पनेरू,मोहित शाह र डेनिसा लामिछाने रहेका छन् ।
अधिबेशनले नेत्रप्रसाद निरौला,जमुना उप्रेती,पबित्रा पौडेल ,कुशल पौडेल,मेघना अधिकारी र मुना काफ्ले पौडेल लाई सल्लाहकार शिक्षक प्रतिनिधि चयन गरिएको बाल क्लब फोलक पर्सन मिनु शिवाकोटीले जानकारी दिईन् ।
अध्यक्ष अर्पना लोहनीको अध्यक्षता रहेको कार्यक्रममा कोषाध्यक्ष निमिसा नेपालले आर्थिक प्रतिबेदन प्रस्तुत गरेकी थिइन् । उनले आर्थिक बर्ष २०७९/८० मा क्लबले १ लाख ९९ हजार ९ सय ५९ रुपैयाँ बराबरको आयब्यय सार्वजनिक गर्दै हाल कोषमा ६६ हजार ७ सय रुपैयाँ मौज्दात रहेको जानकारी दिइन् । 
सचिब संस्कार भट्टराईले संचालन गरेको कार्यक्रममा अध्यक्ष लोहनीले बार्षिक प्रतिबेदन प्रस्तुत गरेकी थिइन् ।
बिद्यालयका प्रधानाध्यापक एवम् बाल क्लब संरक्षक देबेन्द्र हुमागाईको प्रमुख आतिथ्य रहेको कार्यक्रममा बालबालिका तथा शिक्षा संचार मञ्चका संयोजक सरोज पौडेल,बिद्यालयका इन्चार्ज परासर दाहाल,एकेडेमिक इन्चार्ज नोयल परेराले शुभकामना राखेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी हुमागाईले क्लबको कामले बालबालिकाको नेतृत्वमा निखारपन आएको र बिर्तामोडमा रहेका बाल क्लब मध्ये उत्कृष्ट कार्य गर्न सफल भएको बताए ।







