बिर्तामोड– २ रामचौक स्थित मोहनमाया माध्यमिक विद्यालयलाई पुस्तकालय निर्माणका लागि सनराइज बैंक बिर्तामोड शाखाले एक लाख मूल्य बराबरको सहयोग प्रदान गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयको पुस्तकालयका लागि पुस्तक सहित र्याक सहयोग गरेको सनराइज बैंक बिर्तामोड शाखाका प्रवन्धक गणेशकुमार गुरागाईले बताउनु भयो । बैकले पुस्तकालयलाई साहित्यिक,धार्मिक,ऐतिहासिक, विज्ञान र उत्प्रेरणासम्बन्धी १ सय १० थान पुस्तक उपलब्ध गराइएको छ ।
विद्यालयमा आज आयोजित एक कार्यक्रममा बैंकका कोशी प्रदेश प्रमुख विनोद गजुरेलले सो सहयोग विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठलाई प्रदान गरेका थिए ।
प्रधानाध्यापक श्रेष्ठको अध्यक्षता, बैंकका कोशी प्रदेश प्रमुख गजुरेलको प्रमुख आतिथ्य रहेको कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको विशेष आतिथ्य रहेको थियो । कार्यक्रममा बैंकका प्रदेश कार्यालयका प्रमोदकुमार दास,शाखा कार्यालयका बबिता खरेल,रविन गुरागाई ,श्यामकुमार गुरुङ,मन्जु दाहाल क्षेत्रीको उपस्थिति रहेको थियो ।







