बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा स्वतन्त्र प्रगतिशील प्यानललाई मतदान गर्न बिर्तामोडका राजनीतिक दलले आह्वान गरेका छन् । 
यहि जेष्ठ १५ गते सोमबार हुने संस्थाको निर्वाचनमा आज नेकपा एमाले ,माओवादी केन्द्र,जनता समाजबादी लगायतका दलले खानेपानी तथा सरसफाइ संस्थाको निर्वाचनमा मतदान गर्न उपभोक्ता लाई आह्वान गरेको हो ।
महंगो शुल्कमा उपभोक्ताले महशुल दिर्नु पर्नु पर्ने बाध्यता र नयाँ मिटरमा संस्थाले लिदै आएको रकमका कारण उपभोक्ता मारमा परेका कारण सिमित ब्यक्ति र परिवारले मात्र धारा जडान गरेकाले अन्य सर्वसाधारण उपभोक्ता मारमा परेको शुद्ध खानेपानी बाट बन्चित हुनु परेकाले त्यसको समाधान गर्न स्वतन्त्र प्रगतिशील प्यानल लाई मतदान गर्न राजनैनिक दलले उपभोक्तामा अपील समेत गरेको छ । 
बिर्तामोडमा प्यानलका तर्फबाट निर्वाचन परिचालन तथा प्रचार समिति प्रमुख देवराज कार्कीले आगामी दिनमा नगर बासीका घर-घरमा धारा सर्वसुलभ र स्वस्थ खानेपानी हाम्रो अभिभारा भन्ने नाराका साथ चुनावी मैदानमा जुटेको बताए ।
निर्वाचनमा स्वतन्त्र प्रगतिशील प्यानलका तर्फबाट अध्यक्षमा देबेन्द्र सिटौला, उपाध्यक्ष प्रदिप खरेल ,सचिब बिष्णु प्रसाद चुडाल ,कोषाध्यक्ष बिनिता राजबंशी ,महिला सदस्य खगमाया सेलवाल,पुनम अधिकारी लिम्बू र तारा राई रहेका छन् । यस्तै खुल्ला पुरुष सदस्यमा छत्र बहादुर श्रेष्ठ र सुनिल शिवाकोटी रहेको एमाले नगर कमिटी अध्यक्ष सुभाष भट्टराईले जानकारी दिए ।







