बिर्तामोड । बिर्तामोड स्थित एभरेस्ट स्मार्ट एजुकेसनएकेडेमीका विद्यार्थीहरुले वडा कार्यालयको अवलोकन भ्रमण गरेका छन् ।
बिर्तामोड ६ मा रहेको बिद्यालयका बालबालिकाले सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा बिषय अन्तर्गत रहेर स्थानीय तह मातहतको सेवा प्रदान गर्ने बिर्तामोड नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, वार्ड नम्बर ६ को भ्रमण गरेका हुन् । 
वडाध्यक्ष सूर्यमान कन्दङ्गवा तथा सदस्य बीच अन्तर्क्रिया गरिएको बाल क्लब फोकल पर्सन तृष्णा अधिकारीले जानकारी दिइन् ।
आइतबार अवलोकन एवं अन्तरक्रिया कार्यक्रममा विद्यार्थीहरुले वडाको शिक्षा नीति, बाल अधिकार ,स्वास्थ्य सडक अवस्था बजार व्यवस्थापन, खानेपानीको वितरण प्रक्रिया र बजेटका साथै स्थानीय सरकारको काम कर्तब्य तथा अधिकारका बारेमा प्रश्न राखेका थिए l
कार्यक्रममा बोल्दै वडाध्यक्ष कन्दङ्वाले स्थानीय सरकार जनता द्वारा प्रत्यक्ष निर्वाचित भएकाले स्थानीय श्रोत साधनको प्रयोग गर्दै काम गरिएको बताए । उनले जन सरोकार र जन सवालमा जवाफदेहि बन्नु पर्ने भएकाले वडाको बिकास र समृद्धिमा जनसहभागिताका आधारमा बिकास निर्माण हुने बताए ।
कार्यक्रमको सहजिकरण वडा सचिव रुपमान थलाङले गरेका थिए ।







