झापा । राष्ट्रिय स्वतन्त्र पार्टीले जेष्ठ ६ गते केन्द्रीय नेताको उपस्तिथिमा बिर्तामोड नगर अधिबेशन गर्ने भएको छ ।
तिब्रगतीका साथ संगठन बिस्तारमा लागेको रास्वपाले झापा का १४ वटा पालिकामा संगठन बिस्तार तथा प्रशिक्षण सम्पन्न गरिसकेको जिल्ला अध्यक्ष उमेश खरेलले जानकारी दिए।
आगामी रणनीति र पार्टीको कार्यदिशाका बिषयमा प्रशिक्षण तथा नगर अधिबेशन गर्न केन्द्रीय सदस्य सहित संघीय सांसद झापा आउने भएका हुन् ।
कार्यक्रममा महामन्त्री डा.मुकुल ढकाल, सांसद डा.तोसिमा कार्की ,निशा डाँगी ,मनिश झा र केन्द्रीय सदस्य रमेश प्रसाई लगायतले सम्बोधन गर्ने अध्यक्ष खरेलले जानकारी दिए ।
यस्तै मेचीनगरको धुलाबारीमा पनि कार्यक्रम रहने भएको छ । मेचीनगर कमिटीको भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी भएपछि बिर्तामोडको सिटि सेन्टरमा सहभागी हुने छन् ।
Advertisement







