झापा । रिकिसा लिम्बूको अध्यक्षतामा पञ्चरत्न बाल क्लबको पुर्नगठन गरिएको छ ।
बिर्तामोड २ स्थित चैतुबारीमा रहेको पञ्चरत्न माध्यमिक बिद्यालयमा लिम्बुको अध्यक्षतामा १५ सदस्यीय समितीको पुर्नगठन गरिएको क्लबका संरक्षक तथा बिद्यालयका प्रधानाध्यापक योगेन्द्रमणी दाहालले जानकारी दिए ।

क्लबले शिक्षक बद्रीकुमार घिसिङ लाई फोकल पर्सनको रुपमा चयन गरेको छ । बाल क्लबले रचनात्मक गतिविधि गर्दै आएको छ ।
यस्तै बिद्यालयले छलमाया थपलियाको अध्यक्षतामा ११ सदस्यीय आमासमूह गठन गरेको छ । अभिभावक भेला मार्फत आमा समुह गठन गरिएको र विद्यार्थी ,अभिभावक ,शिक्षक लाई जोड्न सहयोग पुगोस् भन्ने उदेश्यले समुह गठन गरिएको प्रधानाध्यापक दाहालले जानकारी दिए ।
Advertisement







