झापा । एभरेस्ट स्मार्ट एजुकेसन बिद्यालयले लागु पदार्थ दुर्ब्यशनी तथा ओसार पसार बिरूद्द सचेतामुलक कार्यक्रम सम्पन्न गरेको छ ।
आदर्श सामुदायिक प्रहरी सेवा केन्द्रको सहजीकरणमा विद्यार्थीहरुलाई लागू पदार्थका विषय जानकारी दिईएको हो ।
बिहिवार बिर्तामोड ६ मा रहेको सो बिद्यालयका बालबालिकालाई सकारात्मक सन्देश दिन र फैलाउन कार्यक्रम गरिएको बताईएको छ । बालबालिकाहरु यस्ता विषयमा जानकार नभएमा कुलतमा पर्ने वा ओसारपसारमा प्रयोग हुने सम्भावना लाई मध्यनजर गर्दै कार्यक्रम गरिएको बताईएको छ ।
इलाका प्रहरी कार्यालय अनारमनीका असइ गोबिन्द सापकोटाले कार्यक्रमको सहजीकरण गरेका थिए ।
कार्यक्रम एभरेस्ट स्मार्ट बाल क्लबको ब्यबस्थापनमा गरिएको फोकल पर्सन तृष्णा अधिकारीले जानकारी दिईन ।
Advertisement







