पाकिस्तानी पुर्व-प्रधानमन्त्री इमरान खानकाे गिरफ्तारी पछि पाकिस्तानमा द्वन्द्व सुरु भएकाे छ । खानका समर्थक आक्रामक बन्दा पाकिस्तान असान्त बनेकाे छ ।
पुर्व प्रम खानका समर्थकले पाकिस्तानका बहालवाला प्रम सेहवाज सरिफकाे घरमा आगाे लगाईदिएका छन । खानका समर्थक र पाकिस्तानी सेनाकाे विच युद्द सुरु भएकाे छ ।
सडकमा उत्रिएका प्रदर्शन कारीले बैंक समेत लुटेका छन । सेना मुख्यालय र काेर कमाण्डरकाे घरमा पनि हमला भएकाे छ ।
याे घटना पछि भारतीय सेनाले पुरै इण्डाे-पाक बाेर्डर घेराउ गरेकाे छ। पुरै एल.ओ.सी मै सेना तैनाथ गरेकाे छ । पाकिस्तानमा भएका आतंककारीले यश गृहयुद्धको फाइदा उठाएर भारतमा घुस्ने र अराजक , अप्रिय घटना घटाउन सक्ने डरले सेना तैनाथ गरिएकाे भारतकाे तर्क छ । कश्मिरमा हुन गैरहकाे जी ट्वाइन्टी बैठककाे ठिक अघि पाकिस्तानमा यस्ताे दंगा सुरु भएकाे हो। भरतलाई अर्काे डर आफ्नै देशमा नराम्ररी कमजाेर भइरहेकाे पाकिस्तानी सेना भारतलाई निशानामा पर्न सक्छ भन्ने छ। पाकिस्तानीले आफ्नै देशमा भैरहेकाे हिंशाकाे ध्यान भड्काउन भारतलाई आक्रमण गर्छ भन्ने डर भारतलाई छ।
यसैबीच पाकिस्तानको सर्वोच्च अदालतले निवर्तमान प्रधानमन्त्री इमरान खानको पक्राउलाई गैरकानुनी भन्दै रिहाइ गर्न आदेश दिएको छ ।







