एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक थापाले नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन्।
‘मेरो संलग्नता नरहेको शरणार्थी प्रकरणमा झूटो आरोपसहित मेरो नाम जोडिएकोप्रति खेद प्रकट गर्दै खण्डन गर्छु,’ एक विज्ञप्ति जारी गर्दै थापाले भने, ‘आरोप लगाइएका विषयमा सम्बन्धित निकाय न्यायलयप्रतिको आस्था र सम्मानस्वरूप अनुसन्धान इमानदारपूर्वक सहयोग गर्ने प्रतिबद्धतना व्यक्त गर्दछु।’
उनले आफ्नाविरूद्ध गलत अभिप्रायका साथ तथ्यहीन प्रचार र आरोपहरू लगाउने क्रम जारी रहेको भन्दै आपत्ति जनाएका छन्।
उनले छानबिन प्रक्रियामा सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन्।
Advertisement







