झापा । १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा ठेलावाला भेलु राजबंशी (भेलु दाइ)लाई सम्मान गरिएको छ ।
लामो समय देखि ठेला चलाउदै आएका राजबंशी लाई जय माता ट्रेडर्सका प्रोपाइटर तथा राष्ट्रिय स्वतन्त्र पार्टी अर्जुनधाराका नगरकमिटी सदस्य रमेश नेपालले सम्मान सहित मायाको चिनो प्रदान गरेका थिए ।
श्रमिकको साथ र सहयोगका कारण उद्योगी तथा व्यावसायि सफल भएका भन्दै सम्मान गरिएको नेपालले बताए ।
ठेला चलाएर जिबिकोपार्जन गर्दै आएका राजबंशी बिर्तामोड क्षेत्रमा लामो समय देखि मजदुर पेशामा संलग्न छन् ।
Advertisement







