• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

शिक्षा क्षेत्रलाई प्रबिधिमैत्री बनाउँदै झापा गाउँपालिका


  •    अच्युत सुबेदी/ बुधबार, कार्तिक ०५, २०७७  

  • झापा गाउँपालिका झापाका अरु स्थानियतह मध्ये पछाडी परेको गाउँपालिका हो । झापा जिल्लाको पुरानो सदरमुकामको रुपमा चिनिएको झापा गाउँपालिका २०१९ सालपछि सदरमुकाम चन्द्रगढीमा सरेसँगै विकासको हिसाबले पछाडि परेको हो । तरपनि स्थानीय जनप्रतिनिधिको प्रयासमा गाउँपालिकाले मुहार फेरिरहेको छ । स्थानीय तहमा जनप्रतिनिधि आएपछि अहिले देखिने गरि परिवर्तन भएको छ ।

    शिक्षा क्षेत्रमा समेत गाउँपालिकाले काम गरिरहेको छ । शिक्षाको पहुँचमा सबै बच्चाहरुलाई पुर्याउन विभिन्न योजना समेत गाउँपालिकाले बनाइरहेको छ । कक्षा ९ मा पढ्ने छात्राहरुलाई साईकल बितरण देखि लिएर कक्षा ११ मा पढ्ने सबै विद्यार्थीहरुलाई लाग्ने शुल्क गाउँपालिकाले बेहोरिरहेको छ ।

    Advertisement

    मुस्लिम समुदायका बालबालिकाहरू पढ्ने मदरसालाई पढ्नका लागि राम्रो व्यवस्था मिलाउन भवन बनाउनेदेखि शिक्षक लाई तलब खुवाउने सम्मको व्यवस्था गाउँपालिकाले गरेको छ । यो सँगै गाउँपालिकाले एक कार्यक्रमका बिच सामुदयीक विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यले ९६ लाख मुल्य बरावरको कम्प्युटर लगायतका सामग्री हस्तान्तरण गरेको छ । कोरोना भाइरसका कारण बितरणमा केहि ढिला भएपनि राम्रो काम गरेको महसुस भएको गाउँपालिका उपाध्यक्ष कुन्तिदेबी बुढाथोकिले बताइन् ।

    Advertisement

    सामुदायिक विद्यालयहरुमा प्रविधी मैत्री शिक्षा व्यावस्थापन कार्यक्रम अन्तर्गत २१ वटा सामुदायिक विद्यालय र ९ वटा मदर्सालाई प्रोजेक्टर १० थान, कम्प्युटर ९५ वटा, स्मार्ट बोर्ड ७ वटा, इ–हाजिरी मेशिन २१ वटा र केहि थान टिभी लगायतका सामग्री हस्तान्तरण गरिएको हो । यो सँगै सवै विद्यालयमा इन्टरनेट र विजुली सुविधा पु¥याइएको छ । बाटाघाटा र पुल लगायतमा मात्र नभएर शिक्षाको क्षेत्रमा समेत गाउँपालिकाले काम गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जिवन निरौलाले बताए ।

    यहाँ मुस्लिम वालवालीकाहरु धेरै भएकाले मदर्सामा अध्ययन गर्ने वालवालीकाहरुका लागि पनि सो प्रविधि हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ । शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा सकारात्मक परिवर्तन भएको र आगामी दिनहरुमा पनि थप नयाँ कामहरु हुने जनाइएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.