• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

क्याजुएल डे संगै रुचि अनुसारको कला सिक्न पाउँछन् मनकामनाका विद्यार्थीले


  •    सन्नी दास/ बिहिबार, बैशाख १४, २०८०  

  • झापा । बिर्तामोडमा रहेको मनकामना माध्यमिक बिद्यालयले बाल मैत्री शिक्षा संचालन गरिरहेको छ ।

    नमूना र उत्कृष्ट बिद्यालयको रूपमा स्थापित बिद्यालयले बालबालिकालाई आफू अनुकुल शिक्षा प्रदान गर्दै आएको छ । नर्सरी देखि स्नातकोत्तर सम्मको पठनपाठन हुने भएकाले अभिभावक अझ आकर्षित छन् ।
    बिर्तामोड १ मा रहेको सो बिद्यालयमा बिगत लामो समय देखि विद्यार्थीको रुचि अनुसारका कक्षा संचालन गर्दै आएको बिद्यालयका प्रधानाध्यापक केशब ढुंगानाले जानकारी दिए ।
    हामीले विद्यार्थी खोज्दै घर-घर जानू पर्दैन अभिभावक आफै आएर विद्यार्थी भर्ना गराउनु हुन्छ। दक्ष शिक्षक संगै बालबालिका लक्षित कार्यक्रमले पठनपाठनमा समेत सहयोग पुग्ने गरेको बताईएको छ ।
    प्रधानाध्यापक ढुंगानाका अनुसार बालबालिकालाई जातीय पहिचानमा प्रयोगात्मक अभ्यास गराउन प्रत्येक महिना क्याजुएल डे मनाउने गरिएको बताए । बालबालिका लाई आफ्नो जातीय पहिरनको शिक्षा दिन जातीय पोषाक लगाएर बिद्यालय आउन बिशेष दिन तोकिएको छ । उनिहरुले आफ्नो जाती या फरक जातजातिको पहिरनमा सजिएर बिद्यालय आउँदा संस्कृतिको बारेमा जानकारी प्राप्त गर्ने गरेका छन् ।
    शिक्षकले जति नै घोकाएर पठनपाठन गराए पनि विद्यार्थी खुशी भएन भने त्यो गुणस्तरीय शिक्षा नहुने महसुस गर्दै उनिहरुलाई बिद्यालयमा रुचि अनुसारको शिक्षा समेत प्रदान गर्ने गरिएको सह- प्रधानाध्यापक ध्रुवकुमार गौतमले बताए ।
    प्रत्येक हप्ताको एकदिन नृत्य ,गायन,संगीत ,कराते,नाटक र उद्घोषण लगायतका प्रशिक्षण प्रदान गरिने गरिएको गौतमले जानकारी दिए ।
    उनका अनुसार बिद्यालय भित्र हुने कार्यक्रम बालबालिका आफैले संचालन गर्ने गरेकाले उनिहरु खुलेर भाषण गर्ने ,मन्तव्य राख्ने र बाल क्लब तथा कक्षा ,स्कुल क्याप्टेन छनौट लगायतका गतिविधिमा विद्यार्थीकै संलग्नता रहने छ ।
    मतदाता शिक्षा र अभ्यास समेत विद्यार्थीले स्कुलमा गर्दै आएका छन् । सदन ,कक्षा,स्कुल क्याप्टेन मतदान प्रक्रिया बाट गराईने गरिएकाले ब्यबहारिक रुपमा बैठक संचालन जस्ता गतिविधि समेत बालबालिकाले गर्ने गरेका छन् ।

    विद्यार्थी तथा अभिभावकको उत्कृष्ट रोजाइको शैक्षिक गन्तव्यको रुपमा स्थापित विद्यालयमा बाल मैत्री तथा शैक्षिक रचनात्मक गतिविधिहरु मार्फत बाल मनोबिज्ञानका आधारमा पठनपाठन गर्दै आएको देखिन्छ ।

    Advertisement

    स्थानीय क्षेत्रमा रहेका प्रशिक्षक मार्फत विद्यार्थीको अन्तर क्षमतालाई बिकास गर्न सहयोग पुग्ने भएकाले कार्यक्रम प्रभावकारी हुने बिद्यालयले जनाएको छ।
    करिब ७ सय विद्यार्थी अध्ययन गर्ने बिद्यालयमा यातायात ,खाजा घर,खेलमैदान लगायतका सुबिधा सम्पन्न भवन र बाल मैत्री बाताबरणमा पठनपाठन हुने भएकाले अभिभावक र विद्यार्थीको आकर्षण बढ्दो मात्रामा रहेको प्रधानाध्यापक ढुंगानाले बताए ।
    बार्षिक पात्रो निर्माण गरि बालबालिका ,अभिभावक र शिक्षकको बैठक तथा भ्रमण समेत गराउने कार्यले थप हौसला प्रदान गरेको छ। बिद्यालयले समय समयमा अभिभावक शिक्षा संचालन गर्ने गरेका कारण अभिभावक बिद्यालय र विद्यार्थी प्रती उत्तरदायी बन्दै गएको प्रधानाध्यापक ढुंगानाले बताए ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.