माला नी राम्रो फूलको
माया नी राम्रो भुलको
सोल्टी त आई टासिएला
नसोची माया गासिएला
सोल्टिनी राम्राे परको
भाउजुको माइती घरको
Advertisement
लाग्ला नी माया जोसैमा
बिना नी कुनै होसैमा
समाती हात नाँच्दामा
दुवैको माया साँच्दामा
मेलैमा भूल भएछ
सोल्टिनी मानी गएछ
मायाको तालमा बगेको
सोल्टिनी तानी लगेको ।







