• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

शिवसताक्षी र कनकाई सहित ५ पालिका क्वाटरफाइनलमा प्रवेश


  •    संवाददाता/ आइतबार, चैत १२, २०७९  

  • झापाको कनकाई नगरपालिकाको कर्मचारीको टिम झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा भइरहेको प्रतियोगिता अन्तर्गत शनिवार भएको रोमाञ्चक खेलमा हल्दीबारी गाउँपालिकाको कर्मचारीको टिमलाई ३–० शुन्य गोल अन्तरले पराजित गर्दै कनकाई नगरपालिकाको कर्मचारीको टिम प्रतियोगिताको कवाटरफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको खेलमा कनकाईलाई जित दिलाउन खेल सुरु भएको छैटौं र ३० औं मिनेटमा कर्मचारी डिल्ली बिकले २ गोल गरेका थिए । अर्का कर्मचारी मनिस भट्टराइले कनकाईकालागि २० औं मिनेटमा थप एक गोल गरेका थिए । खेलमा कनकाईका मनिस भट्टराई म्यान अफ दी म्याच घोषित भएको कनकाईका कर्मचारी विजय पाठकले जानकारी दिनुभय । उनलाई उपसचिव पिताम्बर गौतमले ट्रफी र नगद २५ सय पुरस्कार प्रदान गर्नुभएको कर्मचारी विवेक भण्डारीले जानकारी दिनुभयो ।
    त्यस्तै शनिवार भएको दोश्रो खेलमा शिवसताक्षी नगरपालिकाको कर्मचारीको टिम पनि क्वाटरफाइनलमा नै प्रवेश गरेको छ ।
    गौरीगञ्ज गाउँपालिकालाई २–० गोल अन्तरले पराजित गर्दै शिवसताक्षी नगरपालिकाको कर्मचारीको टिम प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको हो । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको खेलमा शिवसताक्षीलाई जित दिलाउन ९ औं मिनेटमा कविरहाङ योङहाङले पहिलो गोल गरेका थिए। २५ औं मिनेटमा शिवसताक्षीका श्रवण मल्लिकले थप एक गोल गरेपछि खेलमा २–०को अग्रता कायम भएको थियो । गौरीगञ्जले भने खेलमा गोल स्कोर गर्न सकेन । २–० शुन्यको हार भोग्दै गौरीगञ्ज प्रतियोगिताबाट बाहिरीएको छ । शिवसताक्षीकालागि दोस्रो गोल कर्ता श्रवण मल्लिक खेलको म्यान अफ दी म्याच चुनीएका थिए । उनलाई शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले ट्रफी र नगद २५ सय पुरस्कार प्रदान गरेका थिए।
    त्यस्तै शनिवारनै भएको अर्को खेलमा भद्रपुर नगरपालिकाको टोलिलाई २–१ गोल अन्तरले पराजित गर्दै गौरादह नगरपालिकाको कर्मचारीको टिम प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको खेलमा गौरादहकालागि खेल सुरु भएको ३ मिनेटमा संजय ताजपुरीया र ४५ औं मिनेटमा विजय मल्लिकले एक–एक गोल गरेका थिए । भद्रपुरकालागि भने खेलको २८ औं मिनेटमा उदय शेर्पाले एक गोल फर्काएका थिए । गौरादहकालागि पहिलो गोल गर्ने संजय ताजपुरीया खेलमा म्यान अफ दी म्याच चुनीए । उनलाई प्रतियोगिताका संयोजक बिर्तामोड नगरपालिकाका खेलकुद तथा शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले ट्रफी र नगद २५ सय पुरस्कार प्रदान गरेका थिए ।

    त्यस्तै आजै भएको अर्को खेलमा कमल गाउँपालिकालाई टाईब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै मेचीनगर नगरपालिकाको टिम प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको खेल अवधिमा दुवै टोलिले १–१ गोलको बराबरी खेलेपछि नतिजाकालागी खेल टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा मेचीनगरपालिकाका खेलाडीको ४ वटा प्रहार गोलमा परिणत भएको थियो । कमल गाउँपालिकाका खेलाडीले भने ३ गोल मात्रै स्कोर गरेपछि ४–३ गोल अन्तरको पराजय भोगेका हुन । उक्त खेलमा मेचीनगरका गोल रक्षक राज भुजेल म्यान अफ दि म्याच चुनिए । उनलाई शिवसताक्षी नगरपालिकाका मेयर मेगाहाङ थोप्राले ट्रफी र नगद २५ सय पुरस्कार प्रदान गर्नुभएको थियोे ।

    Advertisement

    त्यस्तै आजै भएको प्रि–क्वाटरफाइनलको अन्तिम खेलमा बुद्धशान्ति गाउँपालिकालाई ४–२ गोल अन्तरले पराजित गर्दै दमक नगरपालिका प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । दमककालागि खेल सुरु भएको चौथो मिनेटमा बुद्धाशान्तिका खेलाडीले अन गोल गरेका थिए । उनले गोल पोस्टमा बचाउको प्रयास गर्दा आफ्नै पोस्टमा गोल भएको थियो । त्यस्तै दमककालागि रेवत श्रेष्ठले खेलको १२ औं र १८ औं मिनेटमा २ गोल गरेका थिए । दमकलाई सहजै जित दिलाउन खेलको ४५ औं मिनेटमा विनोद प्रसाईले टिमकालागि चौथो गोल गरे । बुद्धशान्तिका लागि खेल सुरु भएको छौटौं मिनेटमा जिवय राईले एक गोल फर्काएको थिए । उसकालागि ४३ औं मिनेटमा डम्बर चौधरीले दोस्रो गोल गरे । खेलमा दमककालागि दुई गोल गर्ने खेलाडी रेवत श्रेष्ठ म्यान अफ दि म्याच चुनिए । उनलाई बिर्तामोड नगरपालिकाका उपमेयर नगेन्द्रप्रसाद संग्रौलाले ट्रफी र नगद २५ सय पुरस्कार प्रदान गर्नुभएकोे थियो ।
    प्रतियोगिताको विजेताले नगद ६५ हजार र उपविजेताले नगद ४० हजार पुरस्कार पाउने आयोजक बिर्तामोड नगरपालिकाका प्रेस संयोजक रमेश तिवारीले जानकारी दिनुभयो।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.