• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

प्रदेश नामाङ्कनको आन्दोलनमा घाइते भएका लाजेहाङको मृत्यु


  •    संवाददाता/ शुक्रबार, चैत १०, २०७९  

  • झापा । कोशी प्रदेश नामाङ्कन खारेजीको माग सहित चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा सशस्त्र प्रहरीको लाठी प्रहारबाट गम्भीर घाइते धरान १५ का पदम लिम्बु लाजेहाङको शुक्रवार बिहान २.३० बजे निधन भएको प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले आज बिहान विज्ञप्ति जारी गर्दै जनाएको छ ।
    उनको बिपी प्रतिष्ठान अस्पताल आइसियुमा उपचार भइरहेको थियो । थप उपचारका लागि हेलिकप्टर चार्टर गरी काठमाडौ लैजाने तयारी गरिरहेको अवस्थामा वीरतापूर्ण मृत्युवरण गरेको विज्ञप्तिमा छ ।

    टाउकोमा चोट लागेका लाजेहाङलाई बुधवार राती बान्ता गरेपछि बेहोस भएको अवस्थामा उपचारार्थ बिपी पुर्‍याइएको थियो ।
    धरान १५ मा बसोबास गर्दै आएका लाजेहाङ सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान भोलेन्टियरका केन्द्रीय सह(कमान्डर थिए । ४२ वर्षीय लाजेहाङ मोरङ जिल्ला बेलबारी २ लालभित्तिमा हुर्किबाढीका छत्रबहादुर लिम्बुका छोरा हुन् । उनी २०५२ देखी लिम्बुवान आन्दोलनमा सक्रिय थिए ।
    संयुक्त सङ्घर्ष समितिले विज्ञप्तिमा ‘लाजेहाङको हत्याको जिम्मा प्रदेश १ लाई षडयन्त्रमूलक ढङ्गले कोशी नाम राख्ने ८२ जना सांसदहरू, पार्टीहरू, मुख्यमन्त्री हिक्मत कार्की र वर्तमान प्रधानमन्त्री एवं नेपाल प्रहरीले लिनु पर्दछ ।’

    Advertisement

    लिम्बुको हत्याको अनुसन्धान गर्न छानबिन आयोग गठन गर्न माग गरिएको छ ।लाजेहाङलाई शहिद घोषणा गर्न माग गर्दै विज्ञप्तिमा लाजेहाङको हत्याको राजनीतिक बदला लिई छाडने, हत्याराहरूलाई कानुनी कठघरामा उभ्याउने, कोशी प्रदेश नाम खारेज गराउने प्रतिबद्धता जनाउँदै संयुक्त सङ्घर्ष जारी रहने जनाइएको छ । लाजेहाङको शव बिपी प्रतिष्ठानको शव गृहमा राखिएको छ ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.