बिर्तामोड । बिर्तामोड नगरपालिका नगर खेलकुद बिकास समिती वडा नम्बर ८ मा बिपिन कार्कीको अध्यक्षतामा खेलकुद समिति गठन गरिएको छ।
नगर खेलकुद अध्यक्ष बिकास गिरिको अध्यक्षतामा रहेको कार्यक्रममा वडाध्यक्ष अजय कार्कीको प्रमुख आतिथ्य रहेको रहेको थियो । 
नव गठित ११ सदस्यीय समितिको उपाध्यक्षमा चन्दमडि कटेल,अमिन श्रेष्ठ, सचिब सरिता मैनाली ,सदस्यमा बिजय चापागाईं,शिव अधिकारी ,सुरज कटवाल , दिपेश पौडेल,सनम खान,बिकेश साह ,गोमा कटुवाल चयन गरिएको नगर सदस्य बिशाल अग्रवालले जानकारी दिए ।
कार्यक्रममा बोल्दै खेलकुदको माध्यम बाट युवाहरुलाई कृयाशिल हुँदै समाज रुपान्तरणमा लाग्न वडाध्यक्ष कार्कीले आग्रह गरे ।
Advertisement







