बिर्तामोड । झापाको लागि सुजुकी व्राण्डको चारपाङ्गे सवारी साधनको आधिकारिक बिक्रेता आरए टेट्रर्सले दुईवटा नयाँ कार सार्जजनिक गरेको छ । बिर्तामोड–२ मा रहेको ट्रेडर्समा शुक्रवार बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी र बरिष्ठ उपाध्यक्ष राजु न्यौपानले दुई वटै नयाँ एसयूभी ‘द ग्राण्ड भिटारा’ र ‘ब्रेजा’ चारपाङ्गे सवारी सार्वजनिक गरेका हुन् । सावारी सार्वजनिकका क्रममा बिशेष छुटको व्यवस्था समेत रहेको जनाइएको थियो ।

२६ फागुन, बिर्तामोड । नेपालका लागि सुजुकी व्राण्डको चारपांग्रे सवारी साधनको आधिकारिक वितरक चौधरी ग्रुप (सिजी) होल्डिङ अन्तर्गतको अटोमोटिभ डिभिजन सिजी मोटोकर्प तथा सीजी एनएक्सटिजेनले नेपालमा दुई वटा नयाँ एसयूभी ‘द ग्राण्ड भिटारा’ र ‘ब्रेजा’ चारपांग्रे सवारी साधन देशभर सार्वजनिक गरेको छ । सार्वजनिक कार्यक्रममा दुवै गाडीका मूल्य पनि सार्वजनिक गरिएको छ । जसमा ‘द ग्राण्ड भिटारा’ को मूल्य ७१ लाख ९९ हजार रुपैयाँ रहेको छ भने ‘ब्रेजा’ मूल्य ४८ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
‘द ग्राण्ड भिटारा’, सुजुकीको बहुप्रतिष्ठित मोडेल भएको र यो नयाँ संस्करणको ग्राण्ड भिटारामा सुजुकीको आफ्नै क्राफ्टेड फ्युचरिज्म डिजाइन ल्याङ्ग्वेजको प्रयोग गरिएको कम्पनीका पूर्वाञ्चल डिलर इन्चार्ज बिशाल दाहालले जानकारी दिए ।
सेग्मेंटको एसयूभीमा नभएको थुप्रै नयाँ फिचर्सहरु पनि पाउन सकिने उनले बताए । उनका अनुसार ग्राण्ड भिटारामा भारतीय बजारमै पहिलो पटक, अत्याधुनिक र कम इन्धन खपत गर्ने फुल हाइब्रिड प्रविधियुक्त इन्जिन प्रयोग गरिएको छ ।
पुरानो संस्करणको भिटारा ब्रेजा, नेपालकै सर्वाधिक बिक्रि हुने एसयूभी भएको कम्पनीले जनाएको छ ।
त्यस्तै सेगमेन्ट–फर्स्ट सुविधाहरू, प्रिमियम इन्टेरियर, आकर्षक डिजाइन र उन्नत अटो मोबाइल प्रविधियुक्त नयाँ ग्रान्ड भिटारा र ब्रेजा, यो सेगमेंटमा गेम चेन्जर हुने जनाइएको छ । स्वागत एडमिनिष्टेशन हेड कुवेर बस्नेतले गरेको कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष शिवाकोटी, आरए टेड्रर्सका सञ्चालक राजेन्द्रकुमार थापालगायले शुभकामना मन्तव्य राखेका थिए ।







