झापा । फक्ताङ्लुङ एजुकेशन फाउन्डेसनले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
कनकाई नगरपालिका ७ दुर्गापुरमा रहेको बिद्यालयले समकालिन समाज र मेरो अनुभव विषयमा समुहगत रुपमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ।
कार्यक्रममा संविधान सभा सदस्य एवं माओवादी जनयुद्धकि कमान्डर सुशीला कन्दन्वा ,इतिहास विद हरिध्वज खत्री ,कन्काई नगरपालिका निवर्तमान उप-प्रमुख मन्जु प्रसाईं ,पुर्व वडाध्यक्ष लिलाबहादुर कन्दन्वा लगायतले आफ्नो अनुभव सुनाएका थिए। 
बक्क्ताहरुले इतिहासका विषयमा विद्यार्थी लाई आफ्नो अनुभव सुनाएका थिए । माओवादी नेतृ कन्दङ्वाले जनयुद्धमा लागेकै समयमा आफ्नो गुमेको देश र जनताको मुक्ति सपना बोकेर युद्धमा होमिएको बताइन् । उनले देशले पाएको ब्यबस्थाका अगाडि आफ्नो हात गुम्नु ठूलो कुरा नभएको बताइन् ।
यस्तै इतिहासविद खत्रीले देशभरका ठाउँको नाम कसरी रहन गयो भन्ने प्रस्ट्राएका थिए भने राजनितीज्ञ प्रसाईले आफ्नो कार्यकालमा बालबालिका र शिक्षाको क्षेत्रमा गरेका कामको अनुभव सुनाईन् । प्रसाईं तत्कालीन झापा आन्दोलनका नाईके स्व.रामनाथ दाहालकी छोरी पनि हुन् उनले त्यो समयमा आन्दोलनमा परिवार सहभागी हुँदा पाएका दु:ख र पिडाको बारेमा विद्यार्थीहरुलाई आफ्नो अनुभव सुनाईन ।
अर्का ब्यक्ती पुर्व वडाध्यक्षले वडाको बिकास र पुरानो पुस्ताको बारेमा विद्यार्थी लाई अवगत गराए।
यस्तै बिद्यालय प्रधानाध्यापक ओम बिक्रम नेङ्वाङले आफू सानै उमेरमा बिद्यालयको जिम्मेवार पदमा रहेको र समाज रुपान्तरणको अभियान शिक्षा बाट हुन्छ र गर्नु पर्छ भन्ने संकल्पका साथ शिक्षा क्षेत्रमा लागेको बताए । बिदेश जानबाट परिवार आफुलाई रोक्न खोज्दा शिक्षाक्षेत्रमा लागेको बताए ।
कार्यक्रमको सहजीकरण शिक्षक लक्ष्मी अधिकारीले गरेका थिए।







