आस्विन ०२ , भरतपुर। तिम्रो कवाडी वाला ले आयोजना गरेको युवा उद्धमी सम्मेलन आज बाट सुरु भएको छ। जूम मार्फत गरिएको सम्मेलममा विभिन्न मध्यमबाट ५०० जना भन्दा बढी सहभागी रहेका आयोजक सौगात तिवारीले जनाएका छन्।
चितवनमा रहेर काम गरिरहेका युवा उद्धमीलाई लक्षित गरेर आयोजना गरेको कार्यक्रममा प्रमुख बक्ताको रुपमा जीवा लामिछानेले सम्बोधन गर्नु भएको थियो। उहाँले आफ्नो ब्यबसायिक पृष्ठ भुमि देखि उद्धमीहरुले ख्याल गर्नु पर्ने कुरा राख्नु भएको थियो। कुनै पनि व्यबसायमा आर्थिक पुंजी भन्दा पनि बैचारिक तथा चारित्रिक पुंजीले धेरै ठुलो असर गर्ने कुरामा उहाको जोड थियो।
साथै अन्य बक्ताहरुले आफ्नो अनुभवहरु प्रस्तुत गर्नु भएको थियो। आफ्ना बिगतका तिता मिठा अनुभवहरुले भविष्यमा थप उर्जा प्रदान गर्नेमा बक्ताहरु आशाबादी देखिनु हुन्थ्यो । सहभागीहरुले पनि आफ्नो जिज्ञासा बक्ताहरु समक्ष राखेका थिए।
भोलिको कार्यक्रममा खल्तीका संस्थापक अमित अग्रवाल , ग्यापू मार्केटका संस्थापक ज्ञानेन्द्र खड्का , युवा उद्धमी मन्च काठमाडौँकि संयोजक समिक्षा राईका साथै अन्य बक्ताहरुको उपस्थिति रहने आयोजकले बताएका छन्।
सहभागिताको लागि जूम आइडी 7221600379 र पसवोर्ड entrepreneur रहेको छ।







