बिर्तामोड ४ मा रहेको बिराट –अर्जुन उपभोक्ता सहकारी संस्थाले रक्तदान कार्यक्रम गरेको छ ।
संस्थाले सोमबार मुक्तिचोक बिर्तामोड स्थित दुर्गा मन्दिर परिसरमा सामाजिक उत्तरदायित्व अन्तरर्गत रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
संस्थाले लगातार ४ बर्षदेखि सामाजिक उत्तरदायित्व बहन गर्दै रक्तदान कार्यक्रम गर्दै आएको संस्थाका अध्यक्ष नबिन खरेलले जानकारी दिए ।
नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधि , संस्थाको सञ्चालक , कर्मचारी सहित १ सय २ रक्तदाताले रक्तदान गरेको जनाइएको छ । जसमा ओमप्रकाश लुइंटेलले ६१ , पशुपति रीजाल ५१ र नबिन खरेलले ३९ पटक ,महिला तर्फ उषा खरेलले १५ औं पटक रक्तदान गरेका रत्तदाताहरुले रगत दिएका थिए ।
बिर्तामोड ५ का वडाध्यक्ष रोहित प्रसाईको प्रमुख आतिथ्यतामा भएको उद्धघाटन कार्यक्रममा प्रसाई सहित बिर्तामोड ४ का वडाध्यक्ष राहुल शर्मा, नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको सभापति मनोज अग्रवाल लगायतले शुभकामना मनतब्य राखेका थिए ।
संस्थाको सञ्चालक समिति सदस्य तथा कार्यक्रमका संयोजक सुमनशर्मा जमरकट्टेलले स्वागत तथा औचित्य माथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव डिल्ली प्रसाईले गरेका थिए ।
रक्तदाता लाई नेपाल रेडक्रस सोसाइटी झापा शाखाले संस्थालाई सम्मानपत्र सहित सम्मान गरेको छ ।







