काठमाडौं । रेल ल्याएरै छाड्ने उद्घोष गर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको बर्तमान सरकारले अन्तत रेल नेपाल ल्याईपुर्याउने भएको छ । भारतमा निर्माण सम्पन्न भएर तम्तयार अवस्थामा रहेको रेल भोलि(शुक्रबार) जनकपुर आइपुग्ने भएको हो । जनकपुर–जयनगर चल्ने रेल शुक्रबार मध्याह्न १२ बजेसम्ममा जनकपुरधाम स्टेसनमा आइपुग्ने रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए । नेपालको राष्ट्रिय झण्डाको रंगमा तयार भएको रेल हाल भारतको पटनास्थित हाजीपुर स्टेसनमा छ ।
त्यहाँबाट जनकपुर आइपुग्न ४ घण्टा लाग्ने बताइएको छ । मध्याह्न १२ बजेसम्ममा आइपुग्ने रेललाई स्वागत गर्न महाप्रबन्धक भट्टराई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको टोली, रेल विभागको टोली जनकपुर पुगेको छ । रेल परीक्षणका क्रममा जनकपुर आइपुग्न लागेको हो ।
Advertisement







