झापा । मेची रंगशालामा आज बाट प्रथम भद्रपुर झापा गोल्डकप सुरू हुने भएको छ ।
रंगशालामा आज उर्जा सिंचाइ तथा जलश्रोत मन्त्री राजेन्द्र लिङ्देनले उद्घाटन गर्ने छन् । सरकारी रंगशाला भएपनी संरक्षणको अभावका कारण ओझेलमा पर्दै आएको थियो ।
रंगशालाको पुर्ननिर्माण तथा ब्यबस्थापनमा स्थानीय जुटेपछी बेहुली झै सिंगारिएको छ यति बेला सो स्थान ।
यसअघि नै पुर्व प्रधानमन्त्री केपि ओलिले खेल तालिका सार्वजनिक गरिसकेका छन् ।
उद्घाटन खेल आयोजक भद्रपुर ब्लेजर्स र जयगाउँ फुटबल क्लब भारत बिच प्रतिस्पर्धा हुने छ ।
आयोजकले यातायात तथा सुरक्षा व्यवस्था मिलाएको जनाएको छ । गोल्डकपमा ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरुलाई निःशुल्क हेर्न दिने व्यवस्था मिलाइएको छ भने भद्रपुर नगरपालिका भित्रका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई समेत आलोपालो खेल हेर्न दिइनेछ ।
गोल्डकप समितिका अध्यक्ष दिपेश ढकालका अनुसार रंगशालामा २० हजार दर्शकले एकैचोटी खेल हेर्ने गरी स्थायी र अस्थायी प्यारापिट तयार पारिएको छ ।
खेल हेर्न १सय ५० रूपैयाँको टिकटमा १सय ४० रूपैयाँ बराबरको जुस टिकट खरिदकर्ताले निःशुल्क पाउने छन् । हरेक दिन २४ इन्चको टिभी, सौर्य एयरलाइन्सको काठमाडौं भद्रपुरका लागि ३ वटा टिकट र ५ जनाले होटलमा खाना निःशुल्क पाउने गरी लक्की ड्रको व्यवस्थासमेत गरिएको अध्यक्ष ढकालले जानकारी दिए ।







