नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसदसमेत रहेका नेता चन्द्र भण्डारी ग्यास सिलिण्डर बिस्फोट हुँदा गम्भीर घाइते भएका छन्।
उनको निवास बुद्धनगरमा गए राति ग्यास सिलिण्डर बिस्फोट भएको थियो।
भण्डारीको ८६ वर्षकी आमासमेत घाइते भएकी छन्।
Advertisement
उनीहरूको कीर्तिपुरमा रहेको बर्न अस्पतालमा उपचार जारी छ।
कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ग्यास सिलिण्डर बिस्फोटबाट घाइते नेता भण्डारी र उनकी आमाको उपचार जारी रहेको जानकारी दिए।
महामन्त्री शर्मा कीर्तिपुरस्थित अस्पताल पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएर फर्किएका हुन्।
चिकित्सकहरूका अनुसार चन्द्रको शरिरको करिब २५ प्रतिशत भाग र उनकी आमाको करिब ७० प्रतिशत भागमा असर गरेको छ।







